बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

चितुवाको आक्रमणमा परी प्रहरी हवल्दारसहित चार घाइते

बुधबार, ०६ मङ्सिर २०७४, २१ : ०६
बुधबार, ०६ मङ्सिर २०७४

सुरुङ्गा (झाप) झापाको शिवसताक्षी नगरपालिका–५ भेलामुनिमा चितुवाको आक्रमणमा परी आज प्रहरी हवल्दार युवराज थापासहित चारजना घाइते भएका छन् । घाइते हुनेमा प्रहरी हवल्दार थापासहित शिवसताक्षी–५ का ४५ वर्षीया गीता खरेल शिवाकोटी, ४० वर्षीय देवलाल राजवंशी र ४५ वर्षीय बुद्धसिंह ताजपुरिया रहेका छन् । 

शिवाकोटीलाई धान काट्ने क्रममा आज साँझ चितुवाले आक्रमण गरेपछि स्थानीयले चितुवा लखेट्ने क्रममा राजवंशी र तापुरियालाई आक्रमण गरी घाइते बनाएको थियो । चितुवाले आक्रमण गरेको जानकारी पाएपछि उद्धारका लागि पुगेको प्रहरीमाथि नै चितुवाले आक्रमण गरेको जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी उपरीक्षक विष्णु केसीले जानकारी दिए ।

चितुवाको आक्रमणमा परी घाइते भएका मध्ये प्रहरी हवल्दार थापालाई उपचारका लागि बिर्तामोडस्थित बिएण्डसी अस्पतालमा ल्याइएको छ भने अन्य तीन जनालाई उपचारका लागि लाइफ लाइन अस्पताल दमक पठाइएको प्रहरी उपरीक्षक केसीले जानकारी दिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप