बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

पुस्तक फेरियो, तर किन फेरिएन पठन शैली ?

बुधबार, ०६ मङ्सिर २०७४, २१ : १९
बुधबार, ०६ मङ्सिर २०७४

राधिका भुसाल 

प्यूठान – विद्यार्थीहरुको गुणस्तर बृद्धिका लागि पाठ्य–पुस्तक फेरिएकै छन् । नयाँ नयाँ सिकाइका अभ्यास तथा अध्यापनमा नयाँपन ल्याउन सरकारले ठूलो लगानी गरेको छ । जिल्ला शिक्षा कार्यलय अन्तर्गत शिक्षकलाई वर्षैभरि कुनै न कुने तालिम अभ्यास गराइन्छ वा  शैक्षिक सामाग्री उपलब्ध गाराइएको हुन्छ  ।

तर, अधिकांश विद्यालयहरुमा भने पठन सँस्कृति बदलिन सकेको देखिदैन ।प्राय विद्यालयहरु उस्तै पुरानै ढर्रामा अध्यापन गराइएको पाइएको छ ।  
‘कतिपय विद्यालयहरुमा शिक्षकहरुको जाँगर नभएको,वा नजानेको २०६३ सालदेखि लागू भएको निरन्तर मुल्यांकन समेत राम्रोसँग लागू भएको छैन,’ जिल्ला शिक्षा कार्यालय प्यूठानका विद्यालय निरिक्षक दुर्गा खड्काले भने ।  


२ दिनमा ११ विद्यालय अनुगमन 


विद्यालय स्वास्थ्य तथा पोषण कार्यक्रम अन्तर्गत यस वर्ष प्यूठानका ११ विद्यालयहरुको अनुगमन गरिएको छ । जिल्ला शिक्षा कार्यालयको नेतृत्वमा विद्यालयमा पुगेको टोलीले विद्यालय सञ्चालन र व्यवस्थापन, शैक्षिक योजना तर्जुमा तथा कार्यान्वयन, पहुँच नियमितता र दक्षता, शैक्षिक उपलब्धी, विद्यालय शैक्षिक अवस्था तथा वातावरण सरसफाई अवस्था, पारदर्शिता र जवाफदेहिता, शिक्षक दक्षता र विद्यालय स्वास्थ्य तथा पोषण सम्बन्धि छलफल गरेको थियो ।  सोमबार मल्लरानी गाउँपालिका ५ वटा विद्यालयहरुको अवलोकन गरिएको हो । 


जनकल्याण प्राथमिक विद्यालय खन्नीखोला, जनजागृती प्राथमिक विद्यालय अर्भाङ्ग, पालुसिद्ध प्राथमिक विद्यालय खरेण्डडा, खउगेश्वरी प्राथमिक विद्यालय र अमर माध्यमिक विद्यालयमा पुगेको उक्त टोलीले विद्यालयका सम्पूर्ण पक्षको अवलोकन गरेको थियो । जसमध्ये अमर माध्यमिक विद्यालयको अवस्था धेरै कमजोर देखिएको विद्यालय निरिक्षक दुर्गा खड्काले बताए । विद्यार्थीलाई सिकाउने शैली पुरानै भएको भन्दै निरन्तर मुल्यांकन गर्नु नगर्नुमा कुनै फरक नदेखिएको उनले बताए । 

‘मैले अवलोकन गरेका सबै कक्षामा शिक्षकले तयारी विना नै अन्धधुन्द तरिकाले पढाएका थिए,’–खड्काले उदाहरण दिदैं भने–‘कक्षा ३ का विद्यार्थीले नेपाली शब्दहरु राम्रोसंग पढ्न सक्दैनन् विद्यालयको अवस्था धेरै कमजोर छ ।’ सरसफाई देखि विद्यार्थीको शिक्षण सिकाइमा देखिएको कमजोरी विद्यार्थीलाई दिर्घकालिन असर पर्ने बताए । उक्त विद्यालयमा सम्पुर्ण शिक्षकहरुलाई तुरुन्त विद्यालयको अवस्था सुधार्न पर्ने सुझाव दिएका छन् ।


त्यस्तै मल्लरानी गाउँपालिका प्यूठानका उपाध्यक्ष सरिता जिसीले युवा शिक्षकहरुमा पुरानै पठनपाठनको शैली भएकाले सुधार्नु पर्ने सुझाव दिइएकी छन् । निगरानी गर्ने मुख्य मान्छे नै अलि चलाख हुनुपर्ने र शिक्षकहरु बीच एकआफसमा छलफल गरी विद्यार्थीको सिकाइ स्तर बुद्धि गर्न जुरुरी रहेको जिसीले बताइन् । 
अमर माध्यमिक विद्यालयका प्राधानाध्यापक जीवलाल पौडेलले १ महिनामै विद्यायललाई सुधार देखाउने बचन दिएका छन् भने गत आ.व मै निर्माण हुनु पर्ने शौचालन र भवन अझै पुरा नभएको हुंदा भवन निर्माण कार्य पनि एक मंसिर अन्तिमसम्म सम्पन्न गरिसक्ने बताए ।

अनुगमनका क्रममा माडी क्षेत्रका ६ वटा विद्यालयको अवस्था बारे पनि उक्त टोलीले जाँचबुझ गरेको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप