बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

प्रधानमन्त्रीबाट निधिको स्वास्थ्य जानकारी

बिहीबार, ०७ मङ्सिर २०७४, ०५ : ५०
बिहीबार, ०७ मङ्सिर २०७४

काठमाडौँ – प्रधानमन्त्री शेरबहादुर देउवा आज चाबहिलस्थित ओम अस्पताल जानु भई त्यहाँ उपचाररत नेपाली काँग्रेसका नेता विमलेन्द्र निधिलाई भेट गरी उनको स्वास्थ्य अवस्थाका बारेमा जानकारी लिए । 

चुनावी कार्यक्रममा व्यस्त भएका समयमा श्वास फेर्न अप्ठ्यारो भएपछि नेता निधि मंसिर ४ गते सो अस्पतालमा भर्ना भएका थिए । काँग्रेसकातर्फबाट प्रतिनिधिसभा निर्वाचनमा निधिले धनुषा क्षेत्र नं ३ बाट आफ्नो उम्मेदवारी दिएका छन् ।

नेता निधिको स्वास्थ्यमा सुधार हुँदै गएको उनको उपचारमा संलग्न चिकित्सकले जानकारी दिएका छन् । उनको उपचारमा छाती रोग विशेषज्ञ सुवोधसागर ढकाललगायत छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप