शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

प्राथमिक स्वास्थ्य केन्द्र स्तरोन्नति चुनावी एजेण्डा

बिहीबार, ०७ मङ्सिर २०७४, ०८ : ५५
बिहीबार, ०७ मङ्सिर २०७४

कञ्चनपुर - कञ्चनपुर क्षेत्र नं ३ का वाम गठबन्धन र नेपाली काँग्रेसका प्रतिनिधिसभा सदस्यका उम्मेदवारले दोधारा चाँदनीको प्राथमिक स्वास्थ्य केन्द्रलाई स्तरोन्नति गरी अस्पताल बनाउने चुनावी एजेण्डा बनाएका छन् । 
वाम गठबन्धनका प्रतिनिधिसभा सदस्य उम्मेदवार डा दीपक प्रकाश भट्टले स्वास्थ्य केन्द्रलाई ५० श्ययाको अस्पताल बनाउने एजेण्डा अघि सार्नुभएको हो । वाम गठबन्धनको सबै स्थानीय तहमा ५० श्ययाको अस्पताल बनाउने चुनावी एजेण्डा छ । 
काँग्रेसबाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार रमेश लेखकले पनि स्वास्थ्य केन्द्रलाई १५ श्ययाको अस्पताल बनाउने चुनावी एजेण्डा अघि सार्नुभएको छ । उहाँ २०५६ देखि निरन्तर यस क्षेत्रको सांसद रहँदै आएका छन् । 

पचास हजार जनसंख्या रहेको दोधारा चाँदनी अहिले माहाकाली नगरपालिका बनेको छ । यहाँ २२ हजार ३१५ मतदाता छन् । कञ्चनपुर क्षेत्र नं ३ को जितमा माहाकाली निर्णायक हुने भएकाले दुवै उम्मेदवारमा मत तान्ने प्रतिस्पर्धा बढेको छ । 

उम्मेदवार लेखकले स्वास्थ्य केन्द्रको स्तरोन्नतिबाहेक महाकाली पुल, सुख्खा बन्दरगाह र नदी नियन्त्रणलाई पनि चुनावी एजेण्डा बनाउनुभएको छ । 

अर्का उम्मेदवार भट्टले महाकालीमा पुल, सुख्खा बन्दरगाह, तटबन्ध निर्माणसहित दोधारा चाँदनीमा माला आकारको चक्रपथ निर्माण, सिँचाइ सुविधा, विद्युतीकरण, सडक कालोपत्रे, प्राविधिक शिक्षालय स्थापनालगायतका चुनावी एजेण्डा बनाएका छन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप