बिहीबार, ०६ वैशाख २०८१
ताजा लोकप्रिय

सेल्टिकलाई हराउँदा पीएसजीको नयाँ किर्तिमान

बिहीबार, ०७ मङ्सिर २०७४, ११ : ०७
बिहीबार, ०७ मङ्सिर २०७४

पेरिस । पेरिस सेन्ट जर्मेनको यो वर्ष च्याम्पियन्स लिगको समूह चरणमा प्रदर्शन उत्कृष्ट रहँदै आएको छ । अब यसले नयाँ इतिहास समेत बनाएको छ ।

खेलको ७९ औँ मिनेटमा मार्को भेराटीले आफ्नो टोलीलाई ५–१ को अग्रता दिलाउँदै समूह चरणमा क्लबका लागि २२ औ गोल गरे ।

योसँगै पीएसजीले गत वर्ष बनाएको २१ गोलको किर्तिमान भंग गर्न सफल रह्यो ।

पीएसजीले त्यसपछि थप दुई गोल गर्दै सेल्टिकमाथि ७–१ को विशाल जीत हासिल गर्यो ।

च्याम्पियन्स लिगको इतिहासमा पीएसजीको यो सबैभन्दा ठूलो अन्तरको जीत पनि हो ।

खेलमा गोल भने सेल्टिकले गरेको थियो । मोसा डेम्बेलेले पहिलो मिनेटमा नै गोल गर्दै सेल्टिकलाई अगं्रता दिलाएका थिए ।

तर, त्यसपछि भने पीएसजीले गोलको वर्षा गर्यो । पीएसजीको जीतमा नेयमार र एडिसन कभानीले दुई–दुई तथा कायलिन एमबापे, भेराटी र डानी आल्भेसले १–१ गोल गरे ।

समूह बी कै अर्को खेलमा बायर्न म्युनिखले एन्डरलेक्टलाई २–१ गोल अन्तरले पराजित गर्यो । बायर्नको जीतमा रोबर्ट लेवान्डोस्की र कोरिटिन टोलिसोले एक–एक गोल गरे भने एन्डरलेक्टका लागि सोफियान हानीले एक गोल गरे ।

यसअघि, बायर्नका समर्थकहरुले टिकटको रकम धेरै भएको भन्दै एन्डरलेक्टको मैदानमा नक्कली नोट फालेका थिए । यसका कारण खेल केही ढिला शुरु भएको थियो ।

एन्डरलेक्टले बायर्नका समर्थकहरुलाई १०० युरो रकम लिएका थिए । यता, बायर्नले भने १०० युरोको टिकटलाई डिस्काउन्ट गरेर ७० युरोमा उपलब्ध गराएको जानकारी दिएको छ ।


 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप