शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

८० वर्षीयको सुझाव –‘तपाई मुख्यमन्त्री बनेर आउनुहोस्, म माला तयार गर्छु’

बिहीबार, ०७ मङ्सिर २०७४, ११ : १३
बिहीबार, ०७ मङ्सिर २०७४

दाङ–‘तिम्रा बारेमा धेरै कुरा सुनेको थिएँ । घरमै भेट्न आयौ म निकै खुसी छु । तिमीले जित्छौ ढुक्क होऊ । दाङ बनाउनका लागि तिमी जस्तो नेता मैले आजसम्म देखेको पनि छैन ।’

दाङ घोराही उपमहानगरपालिका वडानम्वर १४ का गणेशप्रसाद रोकाले आफ्नै आँगनमा मत माग्न आएका एमाले नेता शंकर पोखरेलको कुम समाउदै भने, ‘देशको विकास गर्ने नै हो भने यस्ता नेतालाई भोट दिनैपर्छ ।’ 

आफू जागिरको क्रममा भारतमा रहँदा पनि त्यहाँको मुख्यमन्त्रीसँग नजिक भएर काम गरेको स्मरण गर्दै मगरले भने, ‘तिमी जितेर गएपछि केपी ओली र प्रचण्डले मुख्यमन्त्री बनाउने भनेका छन् रे भन्ने सुनेको छु । तिमीले जित्यौ भने मात्र दाङको विकास हुन्छ भन्ने आशा राखेको छु । तिम्रा नेता झलनाथ, माधव नेपालसँग पनि भेटेको छु ।’

मगरले आशावादी हुदै भने, ‘कस्ता नेताले जितेर गए भन्ने कुरा के भन्नुपर्छ र ? एकवटा पुल बन्न ६ वर्ष लाग्दा समेत कुनै वास्ता छैन ।’ मगर मात्र होइन बंगलाचुली गाउँपालिका वडानम्वर ३ का ७० वर्षिय विष्णु डाँगीको भनाई पनि यस्तै छ । मतदाता भेटघाट र घरदैलोका क्रममा बुधबार डाँगीको घरमा पुगेका पोख्रेललाई डाँगीले भने, ‘हामी अब पैसोको पोइल जाने छैनांै । विकास गर्छौं भन्ने नेताको हालत पनि देखेका छांै । चुनावका बेला पैसा बाँड्न आउला अनि भन्छांै–घोराही मुर्कुटी सडकको विकास त देखेका छौ भनेर ।’

डाँगीको घरमा पुगेका पोख्रेलले जब डाँगीका स्थानीय जातका मौरीको घार अवलोकन गर्न थाले त्यसपछि डाँगीले एक हातले आगोको झुम्का र अर्को हातले कर्द लिएर मह काढ्न थालिहाले । ‘तपाई मुख्यमन्त्री बन्ने भनेको सुनेको छु । हामी ढुक्क छांै अन्यत्र मत माग्न जानुहोस् ।’

डाँगी र मगर मात्र होइन पोख्रेलसँगै बाल्यकालमा कुस्ती खेलेका धर्ना डाँगीगाउँका निलकण्ठ केसी समेत पोख्रेल मुख्यमन्त्री बन्ने खबरले निकै उत्साहित देखिए । लामो समयसम्म राष्ट्रिय जनमोर्चामा रहेर काम गरेका केसी पोख्रेललाई जिताउन भर्खरै एमालेमा प्रवेश गरेका हुन् ।

पोखरेल प्रतिनिधि सभा सदस्यको उम्मेदवार नबनीे निर्वाचन क्षेत्र नं २ को ‘क’प्रदेशसभातर्फका बाम गठबन्धनका उम्मेदवार हुन् । उनलाई प्रदेश नं ५ को भावि मुख्यमन्त्रीका रुपमा समेत हेरिएको छ ।  
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप