शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

दुई पार्टी एक भए क्रान्तिकारी जनता खुशी हुनेछन्ः माणिकलाल श्रेष्ठ

बिहीबार, ०७ मङ्सिर २०७४, १२ : २१
बिहीबार, ०७ मङ्सिर २०७४

काठमाडौं–राजनीतिज्ञ तथा पूर्व वामपन्थी नेता माणिकलाल श्रेष्ठले नेपालमा वामपन्थीहरुले एक भएर चुनावी गठबन्धन गरेकोमा स्वागत गरेका छन् ।  उनले चुनावपछि पार्टी एकता हुनुपर्नेमा समेत जोड दिए । 
श्रेष्ठले रातोपाटीसँग कुरा गदै भने ‘जसरी दुई कम्युनिष्टहरु एमाले र माओवादी केन्द्र एक भएर चुनाव लडिरहेका छन् त्यसरी नै चुनावपछि पार्टी एकता गर्नु पर्छ ।’
उनले दुई कम्युनिष्ट पार्टी बीचको एकताले क्रान्तिकारी र परिवर्तनकारी जनताहरु खुशी हुने समेत बताए । 
कम्युनिष्ट पार्टीहरु एक हुँदा परिवर्तनकारी मतदाताहरु पनि वामपन्थीहरुलाई भोट हाल्न उत्सुक देखिएको उनको  तर्क छ ।
यसैबीच गोरखा २ नं क्षेत्रबाट वामपन्थी गठबन्धनका उमेदवार नारायणकाजी श्रेष्ठलाई जिताउनुपर्ने धारणा उनले राखेका छन् । 
नारायणकाजीले जितेमा परिवर्तनक्रारी कम्युनिष्टहरुको जित हुने उनको दाबी छ ।  
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप