दुई पार्टी एक भए क्रान्तिकारी जनता खुशी हुनेछन्ः माणिकलाल श्रेष्ठ
बिहीबार, ०७ मङ्सिर २०७४, १२ : २१
काठमाडौं–राजनीतिज्ञ तथा पूर्व वामपन्थी नेता माणिकलाल श्रेष्ठले नेपालमा वामपन्थीहरुले एक भएर चुनावी गठबन्धन गरेकोमा स्वागत गरेका छन् । उनले चुनावपछि पार्टी एकता हुनुपर्नेमा समेत जोड दिए ।
श्रेष्ठले रातोपाटीसँग कुरा गदै भने ‘जसरी दुई कम्युनिष्टहरु एमाले र माओवादी केन्द्र एक भएर चुनाव लडिरहेका छन् त्यसरी नै चुनावपछि पार्टी एकता गर्नु पर्छ ।’
उनले दुई कम्युनिष्ट पार्टी बीचको एकताले क्रान्तिकारी र परिवर्तनकारी जनताहरु खुशी हुने समेत बताए ।
कम्युनिष्ट पार्टीहरु एक हुँदा परिवर्तनकारी मतदाताहरु पनि वामपन्थीहरुलाई भोट हाल्न उत्सुक देखिएको उनको तर्क छ ।
यसैबीच गोरखा २ नं क्षेत्रबाट वामपन्थी गठबन्धनका उमेदवार नारायणकाजी श्रेष्ठलाई जिताउनुपर्ने धारणा उनले राखेका छन् ।
नारायणकाजीले जितेमा परिवर्तनक्रारी कम्युनिष्टहरुको जित हुने उनको दाबी छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
राजनीतिक परिवर्तनको औचित्य पुष्टि हुनेगरी काम गर्नुपर्छ : उपप्रधानमन्त्री श्रेष्ठ
-
हिमाली महासङ्घ राज्यका प्रस्तावक मुख्तियार भीमसेन थापा
-
कोशी प्रदेशका अस्पतालहरूमा रगतको चरम अभाव
-
‘लण्डन म्याराथन दौड प्रतियोगिता’मा नेपालका धावक दीक्षित छनोट
-
एकीकृत समाजवादीलाई कमजोर ठाने देशमा अर्को उथलपुथल हुन्छ : माधव नेपाल
-
कैलालीका सात नदीमा तटबन्ध निर्माण सुरु