शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

दाङबाट केपी ओलीको प्रश्न : के कांग्रेसले हिंसा चाहेको हो ?

बिहीबार, ०७ मङ्सिर २०७४, १२ : २९
बिहीबार, ०७ मङ्सिर २०७४

दाङ–नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले हिंसाको बाटो नसमात्न कांग्रेस नेतृत्वलाई चेतावनी दिएका छन् ।
 बिहीबार दाङको घोराहीमा नेपाल पत्रकार महासंघले आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै अध्यक्ष ओलीले हिंसाको बाटो समातिरहेको विप्लव माओवादीका गतिविधिलाई प्रशय दिनेगरी कांग्रेस लागिपरेको भन्दै हिंसाको बाटो नसमात्न चेतावनी दिएका हुन् । 

दोलखामा विप्लव माओवादी र कांग्रेसको संयुक्त बैठक बसेर निर्वाचन बिथोल्ने निर्णय गरेको आफुले थाहा पाएको भन्दै ओलीले आफ्नो ईतिहास समाप्त पार्ने गरी कांग्रेस अगाडि बढ्नु उसका लागि नै घाटा हुने बताए । 
उनले भने ‘हिजो दोलखामा दुवै पार्टीको बैठक बसेर निर्वाचन बिथोल्ने निर्णय भएको कुरा समाचारमा आएको छ । यसले मलाई चिन्तित तुल्याएको छ । यसो गर्दा कांग्रेसको भविष्य अन्धकारमा पर्छ ।’ प्रदेश प्रहरी प्रमुखलाई किन हटाएको भन्ने प्रश्न गर्दै ओलीले पाँचनम्वर प्रदेशप्रमुख मिङमार लामालाई हटाउनुको कारणको खोजी गर्न जिल्लाबासीलाई आग्रह गरे । ‘हतियारसहित समातिएका मान्छेलाई मुद्दा नचलाई छाड्न भनेर निर्देशन दिएर सरकारले कस्तो परिपाटीको थालनी गर्न खोजेको हो ? प्रहरी प्रमुखले हतियारसहित समातिएको मान्छेलाइृ छाड्न मिल्न ?’ उनको प्रश्न थियो ।

कानुनीराजको व्याख्या र विशलेषण गर्ने पार्टी कांग्रेसको नेतृत्वमा सरकार चलिरहँदा कानुन मिचेर प्रहरी प्रमुखलाई हटाउने निर्णय गरिनुले कांग्रेसले मुलुकलाई कता लैजान खोजेको छ ? भन्ने प्रश्ट भएको ओलीको भनाई छ । 
हरेक ६÷६ महिनामा सरकार फरिने नियतिको अन्त्य गर्न गठबन्धन कायम गरिएको भन्दै अध्यक्ष ओलीले निर्वाचनपछि बन्ने गठबन्धनको सरकारले सदाका लागि मुलुकको अस्थिरता अन्त्य गर्ने बताए । 
बाम सरकारले जजनजीवीकाका सवाललाई प्राथमिकतामा राख्ने, भ्रष्टाचारको अन्त्य गर्ने, गरिवी न्यूनीकरण गर्नेलगायतका योजना सुनाएका थिए । पहिले सरकार कि पार्टी एकता भन्ने पत्रकारको जिज्ञासामा अध्यक्ष ओलीले भने, ‘पार्टी एकताका आधारहरु तयार भइसकेका छन् । 
औपचारिक घोषणा हुन मात्रै बाँकी छ । कतै पार्टी एकता हुँदैन कि भनेर नतर्सिनुहोस् । निर्वाचनपछि पहिले सरकार अनि पार्टी एकता हुन्छ ।’


 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप