शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

पूर्वी मोरङमा पनि अनलाइन प्रविधिबाट विद्युत् महशुल तिर्न सकिने

बिहीबार, ०७ मङ्सिर २०७४, १२ : ३२
बिहीबार, ०७ मङ्सिर २०७४

उर्लाबारी । पूर्वी मोरङमा रहेका उपभोक्ताले विद्युत् महशुल तिर्न अब नेपाल विद्युत् प्राधिकरण उर्लाबारी वितरण केन्द्रमै गएर लाइन बस्नुपर्ने बाध्यता हटेको छ । 

उपभोक्ताले घरमै बसेर अनलाइन प्रविधिबाट विद्युत् महशुल तिर्न सक्ने भएका छन् । नेपाल विद्युत् प्राधिकरण उर्लाबारी वितरण केन्द्रका प्रमुख दिगम्बर यादवका अनुसार बैंकमा गएर वा बैंकको अनलाइन प्रविधिमार्फत विद्युत् महशुल बुझाउन सकिने भएको हो । 

अनलाइन प्रविधिबाट विद्युत् महशुल बुझाउन सकिने सेवा प्राधिकरणले यही मंसिर ४ गतेबाट शुरु गरेपछि उपभोक्ता हर्षित भएका छन् । यस्तो महशुल महालक्ष्मी विकास बैंक, ई–सेवा प्राली, प्रभु बैंक, सिएफएस रेमिट प्रालि, पेप्वाइन्ट, प्रालि, सिटी एक्सप्रेस, हिमालयन बैंक र नेपाल इन्भेष्टमेन्ट बैंकका शाखाबाट तिर्न सकिनेछ । 

यस्तो महशुल किओस्क, मोबाइल एप र ई–बैंकिङ प्रणालीबाट पनि तिर्न सकिनेछ । उर्लाबारी वितरण केन्द्रअन्तर्गत उर्लाबारी नगरपालिकासहित पथरी शनिश्चरे नगरपालिका, रतुवामाई नगरपालिका र मिक्लाजुङ गाउँपालिका क्षेत्रमा ३५ हजार बढी उपभोक्ता छन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप