शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

जुम्लामा ९० मतदान केन्द्रका लागि ७२० कर्मचारी

बिहीबार, ०७ मङ्सिर २०७४, १२ : ३३
बिहीबार, ०७ मङ्सिर २०७४

जुम्ला– जुम्लाका ९० मतदान केन्द्रका लागि ७२० जना कर्मचारी खटाईएको छ । जिल्लाका ९० वटा मतदान केन्द्रमा ७ सय बढी कर्मचारी खटाईएको मुख्य निर्वाचन कार्यालयले जानकारी दिएको हो । 
मतदान अधिकृत र सहायक मतदान अधिकृत सहित ७२० जना कर्मचारी छनौट गरिएको सहायक निर्वाचन अधिकृत ईन्द्रबहादुर खड्काले जानकारी दिए । एक हजार तीन सय बढी कर्मचारीहरुले आवेदन गरेपनि ७२० जना छनौटमा परेका मुख्य निर्वाचन अधिकृतको कार्यालयले जानकारी दिएको छ । जिल्ला निर्वाचन अधिकारी खुमप्रसाद सुवेदीका अनुसार निर्वाचन अधिकृतहरुलाई तालिमपछि उनिहरुले अन्य ५४० कर्मचारीहरुलाई अभिमुखीकरण गर्नेछन् । जिल्ला निर्वाचन कार्यालयका अनुसार कर्मचारीहरु मतदान केन्द्रमा गएपछि अन्य कर्मचारीहरुलाई अभिमुखीरण गर्ने र  निर्वाचन परिचयपत्र समेत बितरण गरिने भएको छ । यसैगरी ८ र ९ गते परिचयपत्र वुझ्न जाने मतदाताहरुलाई मतदाता शिक्षा कार्यकर्ता तथा स्वयंसेवकले नमूनाको रुपमा भोट कसरी हाल्ने भन्ने बिषयमा मतदान केन्द्रमानै सिकाउने जिल्ला निर्वाचन कार्यालयले जनाएको छ । जिल्लाका मतदान केन्द्रलाई लक्षित गरी नेपाली सेना, नेपाल प्रहरी, शशस्त्र प्रहरी, राष्ट्रिय अनुसन्धान र म्यादी प्रहरी खटाईसकिएको जिल्ला प्रशासन कार्यालयले बताएको छ । जुम्लामा पहिलो चरण अन्र्तगत मंसिर १० गते संघ र प्रदेशसभाको निर्वाचन हुदैछ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप