बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

नेपाल शान्ति स्काउटको दीक्षान्त समारोह सम्पन्न

बिहीबार, ०७ मङ्सिर २०७४, १२ : ४४
बिहीबार, ०७ मङ्सिर २०७४

काठमाडौं–नेपाल शान्ति स्काउटको दीक्षान्त समारोह सम्पन्न भएको छ । विश्वको पहिलो सामाजिक संस्था “स्काउट” नेपालमा २०१३ सालमा विश्व स्वतन्त्र स्काउट र नेपाल सरकारको संयोजकत्वमा स्थापना भएको थियो ।  
नेपाल शान्ती स्काउट सामाजिक संस्थाले गरिब, दिन दुःखीलाई सेवा गर्दे आईरहेको छ । स्काउट नेपालको युवालाई लक्षित गर्दै अनुशासित तथा क्रियाशिल बनाउने उदेश्यका साथ अघि बढ्दै आईरहेको छ ।   
 नेपाल शान्ती स्काउटले ओम साईबाबा मेमोरियल हस्पिटलसँगको सहकार्यमा पशुपति शिवरात्री, तिज तथा जनैपूर्णिमाको दिन ४३०० मिटर उचाईमा रहेको गोसाईकुण्डमा समेत गई निःशुल्क स्वास्थ्य शिविर तथा निःशुल्क औषधी वितरण गरेको नेपाल  स्काउटका आयूक्त दयाराम कार्कीले बताए । 
नेपाल शान्ती स्काउटले ९३ जना विद्यार्थीलाई निःशुल्क पठाएको तथा भूकम्पमा विभिन्न जिल्लाहरुमा राहत वितरण गरेको थियो । साथै विभिन्न क्षेत्रका सामाजसेवीहरुलाई स्काउटमा आबद्ध गराई समाजको दिगो विकासमा अघि बढ्ने प्रतिबद्धताका साथ स्काउट अघि बढेको जनाईएको छ । 
 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप