मङ्गलबार, ११ वैशाख २०८१
ताजा लोकप्रिय

राजपाले चुनाव जिते महिलालाई आधा तोला सुन दाइजो !

बिहीबार, ०७ मङ्सिर २०७४, १२ : ५३
बिहीबार, ०७ मङ्सिर २०७४

काठमाडौं–चुनावमा जनताको मत आफूतिर तान्न राजनीतिक दलले घोषणापत्रमा के सम्म राख्छन् भन्ने कुरा तराई केन्द्रीत राष्ट्रिय जनता पार्टीले सार्वजनिक गरेको संक्षिप्त घोषणा पत्र हेरे पुग्छ । 

राजपाले निर्वाचनमा विजयी भए १२ कक्षा पढेका र विवाहको उमेर भएका महिलालाई आधा तोला सुनको मंगलसूत्र वा सो बराबरको रकम दिने आफ्नो घोषणापत्रमा उल्लेख गरेको छ ।

 यो एक किसिमले दाइजो प्रथालाई राजनीतिक दलले नै संरक्षण गरेको देखिन्छ । तराईमा दाइजोका कारण बर्षेनी कैयौं महिलाहरु घरेलु हिंसाबाट समेत पीडित हुने गरेका छन् । 

संक्षिप्त घोषणापत्रको बुँदा नं. १० मा महिलामैत्री कार्यक्रम अन्र्तगत राजपाले यस्तो प्रतिबद्धता सार्वजनिक गरेको हो । 

उसले महिलाका लागि हरेक तहको शिक्षा निःशुल्क गर्ने, नवजात बालिका जन्मिना साथ उनको भविष्य सुरक्षित गर्नका लागि १० हजार अनुदान रकम बैंकमा खाता खोली दिने र १८ बर्ष पुगेपछि एक मुष्ट ब्याजसहित दिने उल्लेख गरेको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप