बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

म्याग्दीमा प्रतिनिधि सभा उम्मेदवारलाई गरेर लक्षित बम बिस्फोट

शुक्रबार, ०८ मङ्सिर २०७४, १५ : ०९
शुक्रबार, ०८ मङ्सिर २०७४

म्याग्दी - म्याग्दीमा वामगठबन्धनका उम्मेदवारलाई लक्षित गरेर शुक्रबार बम बिस्फोट भएको छ । बेनी नगरपालीका २ भकिम्लिको तोराखेतमा नेकपा एमालेका प्रतिनिधिसभाका उमेद्वार भुपेन्द्रबहादुर थापा चढेको गाडीलाई लक्षित गरेर बम बिस्फोट भएको हो । 

बेनपा २ भकुण्डेमा कार्यकर्ता भेटघाट गरेर रत्नेचौरतर्फ जाने क्रममा गाडी भन्दा करिब ७ मिटर अगाडीको सडकमा विस्फोट भएको थापाले बताए ।

दिउँसो पौने १ बजेतिर ठूलो आवाज आउनेगरी बिस्फोट भएपछि उमेद्वारको टोलीले प्रहरीलाई जानकारी गराएका थिए । 

विस्फोटबाट कुनै क्षत्ती भने भएको छैन । बिस्फोट भएको ठाउँको सडकमा खाडल परेको छ । बिस्फोटको सूचना पाउने वित्तिकै सुरक्षाकर्मीको टोली घटनास्थल पुगेर अनुसन्धानमा जुटेको प्रहरी नायव उपरिक्षक बसुन्धरा खड्काले बताइन् । 

सोही क्षेत्रमा कात्तिक २८ गते नेपाली काँग्रेसका प्रतिनिधिसभाका उम्मेदवार खम्बिर गर्बुजालाई लक्षित गरेर बिस्फोट भएको थियो । 

चुनावबिरोधी गतिबिधि गरिरहेको नेत्रबिक्रम चन्द नेतृत्वका नेकपाका कार्यकर्ताले बिस्फोट गराएको सुरक्षा निकायले शंका गरेपनि घटनामा संलग्नको पहिचान हुन सकेको छैन् । 

     


 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप