खोटोको रकमले मावि तह सञ्चालन
जाजरकोट -दरबन्दी अभावमा छेडागाड नरपालिका–१ स्वडारीमा रहेको कालिका माध्यामिक विद्यालय विगत दुई वर्षदेखि खोटोबाट प्राप्त रकमले सञ्चालन हुँदै आएको छ ।
सामुदायिक वनमा रहेको सल्लाको खोटो विक्री गरी सामुदायिक वन उपभोक्ता समितिलाई नियमितरुपमा हुने आम्दानीबाट शिक्षकलाई तलब दिन थालेको हो । विसं २०३९ मा प्रावि तह सञ्चालन भएको यो विद्यालयमा २०७२ सालमा मावि तह बनेको थियो । विद्यालयमा यस वर्ष अध्ययन गर्ने विद्यार्थीको सङ्ख्या ४३६ छ ।
उक्त विद्यालयमा प्रावि दुई स्थायी र एक अस्थायी दरबन्दीका शिक्षक रहेका छन् भने निजी स्रोतबाट मावि तीन, निमावि तीन र प्रावि एक शिक्षकलाई नियुक्ति गरेर विद्यालय सञ्चालन गरिरहेको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष गणेशप्रसाद शर्माले जानकारी दिए । ।
विद्यालयको शैक्षिक अवस्था सुधार गर्न सल्लाका खोटाको आम्दानी र गाउँमा आएको विकास निर्माणको कामलाई श्रमदान गरेर उब्रेको रकम विद्यालयको खातामा राखेर निजी स्रोतका शिक्षकलाई तलब खुवाउने गरेको अध्यक्ष शर्माले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नक्कली शरणार्थी प्रकरण : शमशेर मियाँबारे उच्च अदालतको आदेश बदर
-
शेर्पा र चौधरीलाई धरौटीमा रिहा गर्न सर्वोच्चको आदेश
-
टोपबहादुरसहित ७ जनालाई धरौटीलाई छाड्न सर्वोच्चको अस्वीकार
-
रुपन्देहीमा २०७ बोरा अवैध चिनी बरामद
-
नक्कली परीक्षार्थी खडा गर्नेमाथि अनुसन्धान गर्न प्रहरीलाई पत्राचार
-
शाहरुखको जवान टौरस वर्ल्ड स्टन्ट अवार्डमा मनोनीत