बुधबार, १२ वैशाख २०८१
ताजा लोकप्रिय

पोखरामा अष्ट्रेलिया जाने विद्यार्थीहरुकालागि सेमिनार

बुधबार, १३ मङ्सिर २०७४, १८ : ३३
बुधबार, १३ मङ्सिर २०७४

पोखरा – अष्ट्रेलिया जान चाहने विद्यार्थीहरुलाई लक्षित गर्दै पोखरामा सेमिनारको आयोजना हुने भएको छ । ‘इपीमाइग्रेशन अष्ट्रेलिया’नामक संस्थाले आगामी मंसिर १६ गते सेमिनारको आयोजना गर्न लागेको हो । ‘एएसएपी’को इभेन्ट म्यानेजमेन्टमा हुन लागेको सेमिनार चाउथेस्थित रोयल पाम रिसोर्टमा हुन लागेको हो । 

सेमिनारमा अष्ट्रेलियाको शिक्षा पद्दती, त्यहाँको शैक्षिक वातावरण र रोजगारीको अवसरको बारेमा विस्तृत जानकारी दिईने आयोजकले बताएको छ । उसले यो सेमिनार अष्ट्रेलियाजानचाहने विद्यार्थीहरुको लागि निकै फलदायी हुने विश्वास लिएको छ । 

सेमिनारमा विद्यार्थीहरुलाई सहजीकरण गर्नका लागि आयोजक संस्थाका प्रतिनीधिसँगै सिड्नी सिटी कलेज अफम्यानेजमेन्ट, भिक्टोरिया यूनिभर्सिटी र साउदर्न एकेडेमीका प्रतिनीधिहरु आउने इभेन्ट म्यानेजमेन्ट कम्पनीका अध्यक्ष सन्तोष अधिकारीले जानकारी दिए । 

पछिल्लो समय अष्ट्रेलिया धेरै विद्यार्थीहरुको आकर्षणमा परेको छ । अध्ययनका लागि जान अष्ट्रेलिया केहि खुकुलो भएदेखि त झन् विद्यार्थीहरु अन्य देशको तुलनामा अष्ट्रेलिया जान धेरै रुचाएको शैक्षिक परामर्शदाताहरु बताउँछन् । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप