एमालेको आरोप–हिंसात्मक घटना कम गर्न सरकारले पहल गरेन
बिहीबार, १४ मङ्सिर २०७४, १५ : ४७
काठमाडौँ– नेकपा एमालेका महासचिव ईश्वर पोखरेलले निर्वाचनको मुखमा भएका हिंसात्मक घटना कम गर्न सरकारले पहल नगरेको आरोप लगाएका छन् । प्रेस चौतारी र प्रेस सेन्टर नेपालले आज आयोजना गरेको काठमाडौँ जिल्लाका वाम प्रगतिशील गठबन्धनका उम्मेदवारसँगको अन्तरक्रियामा नेता पोखरेलले निर्वाचनलाई असर पर्ने गरी विभिन्न जिल्लामा भएका घटनाको निष्पक्ष छानबिन गरी दोषीलाई कारबाही गर्न सरकारसँग माग गरे ।
लामो समयदेखि जनताको चाहना रहेको स्थिर सरकार निर्माणसँगै देशमा आर्थिक समृद्धि ल्याउन गठबन्धन सरकारको आवश्यक रहेको उनले प्रष्ट पारे । यही मंसिर १० गते भएको पहिलो चरणको निर्वाचनमा वाम गठबन्धनको पक्षमा उल्लेख्य मत आएको जिकिर गर्दै उनले मंसिर २१ गते हुने दोस्रो चरणको प्रदेशसभा र प्रतिनिधिसभाको निर्वाचनमा पनि आफूहरुलाई मत दिन मतदाता आतुर रहेको जिकिर गरे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कृषि मन्त्रालयको बजेट सिलिङ ५१ अर्ब ८८ करोड, कुन योजनालाई कति रकम ?
-
यी तीन स्टार खेलाडीको नाममा लज्जास्पद कीर्तिमान
-
मण्डला थियटरमा 'टिकट टू हलिउड'
-
‘बोक्सीको घर’लाई बोर्डको युनिभर्सल सर्टिफिकेट
-
पूर्व प्रधानमन्त्री खनाल र किरात धर्मगुरु आत्मानन्दबिच भेटवार्ता
-
ह्वाट्सएपसँग प्रतिस्पर्धा गर्न गुगलले ल्यायो नयाँ अपडेट