शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

शशांक भन्छन्, ‘ चुनाव जितेपछि मेरो प्रधानमन्त्री बन्ने बाटो खुल्छ’

शुक्रबार, १५ मङ्सिर २०७४, १४ : ५५
शुक्रबार, १५ मङ्सिर २०७४

 नवलपरासी । नेपाली काङ्ग्रेसका नेता डा. शशांक कोइरालाले चुनावमा सबैभन्दा ठूलो दल नेपाली काङ्ग्रेस नै हुने दाबी गरेका छन् ।

‘म देशभरका साथीभाइसँग सम्पर्कमा छु । काङ्ग्रेसको पक्षमा जनलहर आइरहेको सूचना आएको छ,’ कोइरालाले भने ।

नवलपरासीमा आफ्नो जित सुनिश्चित भएको उनको भनाई छ । चुनाव जितेपछि आफू प्रधानमन्त्री बन्ने बाटो खुल्ने उनले बताए । यद्यपि सभापति शेरबहादुर देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेललगायत धेरै सिनियर नेताहरु भएकाले आफू नै प्रधानमन्त्रीको एक्लो दाबेदार नभएको उनले प्रष्ट पारे ।

राजनीति गरेकै सत्ताको नेतृत्वका लागि भएको अर्थ लगाउँदै कोइरालाले निर्णायक भूमिकामा पुग्ने चाहना सबैमा हुने बताए । पार्टीको प्रक्रियाअनुसार को प्रधानमन्त्री बन्ने भन्ने टुङ्गो लगाइने उनले बताएका छन् ।

‘चुनावपछि शशांक कोइराला संसदीय दलको नेता बन्ने हो ?’ भन्ने प्रश्नमा कोइरालले भने सिधा प्रश्न भए पनि सिधा जवाफ हुन नसक्ने बताए । ‘शेरबहादुरजी हुनुहुन्छ, रामचन्द्र हुनुहुन्छ, तब पो म छु ।’ उनले आफू तेस्रो बरियातामा रहेको स्पष्ट पारे ।

गिरिजाप्रसादले कृष्णप्रसादलाई नेतृत्व दिएजस्तै देउवाले पनि बाटो खुला गर्नुपर्ने आशय कोइरालाले व्यक्त गरे ।

पार्टीभित्रको गुटलाई अन्त्य गरेर सहमतिका आधारमा अघि बढ्ने उनको भनाई थियो ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप