शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

मौसमको जानकारी दिइरहेका पत्रकारलाई जब तेज हावाले उडायो... (भिडियोसहित)

मङ्गलबार, १३ असार २०७४, १३ : ०९
मङ्गलबार, १३ असार २०७४


जब तपाईंलाई हाँस्न मन लाग्छ तब तपाईं कि त जोक पढ्नुहुन्छ वा कुराकानी गर्नुहुन्छ या त टेलिभिजन वा इन्टरनेटमा रमाइला प्रसंगको खोजी गर्नुहुन्छ । यस्तै सामग्रीको खोजीमा थुप्रै पटक पत्रकारका व्यवहारले पनि तपाईंलाई मनोरञ्जन प्रदान गरिरहेको हुन्छ । जसमा कहिले उनीहरु केही भन्दा भन्दै अड्किन्छन् भने कहिलेकाँही गलत बोल्ने गर्दछन् । तर कहिलेकाँही केही घटना अनायासै हुने गर्दछन् । शुक्रबार बिहान आयरल्याण्डको लाइभ टेलिभिजनमा मौसमबारे जानकारी दिइरहेका ब्रोडकास्टर स्पिकर डेरिक हार्टिगनसँग पनि यस्तै भएको छ ।

हावाले उडायो डेरिकलाईः

डेरिकले मौसम सम्बन्धि जानकारी दिने क्रममा हावाबारे जानकारी दिइरहेका बेला अचानक तेज हावा चल्यो र डेरिक दोस्रोतर्फ हानिए । हावाका कारण उनको छातालाई अर्कोतर्फ फर्कियो र उनलाई क्यामराको नजरभन्दा टाढा लगिदियो ।

स्टूडियोमा पनि निकै हाँसे मानिसहरुः

उनको अवस्था देखेर स्टुडियोमा बसेका मानिसहरु पनि निकै हाँस्न थाले । वेदर ब्रोडकास्टका प्रतिनिधी डेसमन्ड र मार्क क्यागनीले हाँसो रोक्न सकेनन् ।

भिडियोः

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप