राजदूत शेर्पाद्वारा ओहदाको प्रमाण पत्र प्रस्तुत (फोटोसहित)
मङ्गलबार, १३ असार २०७४, १५ : १३
सिड्नी – अस्ट्रेलियाका लागि नेपालका राजदूत लक्की शेर्पाले अस्ट्रेलियाका गर्भनर जेनेरल पिटर कोसग्रोभसमक्ष ओहदाको प्रमाण पत्र प्रस्तुत गरेकी छिन् ।
अस्ट्रेलियाको क्यापिटा टेरिटोरीमा रहेको गर्भमेन्ट हासमा मंगलबार आयोजित विशेष कार्यक्रमबीच राजदूत शेर्पाले ओहदाको प्रमाण पत्र बुझाएकी हुन् ।
कार्यक्रममा राजदूत शेर्पाले राष्ट्रपति विद्यादेवि भण्डारीको शुभकामना सन्देश सुनाएकी थिइन् ।
ओहदाको प्रमाणपत्र बुझाएपछि राजदूत शेर्पा र गर्भनर कोसग्रोभबीच छलफल समेत भएको थियो ।
अस्ट्रेलियास्थित नेपाली राजदूतावसका अनुसार छलफलमा गर्भनर कोसग्रोभले भूकम्पपछि नेपालको पछिल्लो स्थितिको बारेमा चासो व्यक्त गरेका थिए । राजदूत शेर्पाले अस्ट्रेलियाले नेपाललाई गरिरहेको सहयोगका लागि धन्यवाद दिएकी थिइन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
लागु औषध मुद्दामा फरार दुई जना भारतमा पक्राउ
-
भोजपुर गोल्डकप : त्रिभुवन आर्मी क्लब फाइनलमा
-
हरिपूर्वामा आगोले चार घर जले
-
तातो हावा ‘लू’ ले नेपालगञ्जको जनजीवन प्रभावित
-
खडेरीले मकै सुक्न थालेपछि नारायणी लिफ्टबाट पानी छाडियो
-
शुक्रबारदेखि कक्षा १२ को परीक्षा : तीन लाख ९० हजार आठ सय ४७ परीक्षार्थी सहभागी हुँदै