बुधबार, १२ वैशाख २०८१
ताजा लोकप्रिय

यस्तो छ प्रदेश नम्बर ३ को मतगणनाको विवरण : अग्निको ह्याट्रिकदेखि राजनको झड्कासम्म

शनिबार, २३ मङ्सिर २०७४, १५ : २२
शनिबार, २३ मङ्सिर २०७४

काठमाडौं–प्रतिनिधि तथा प्रदेश सभा निर्वाचनको तेश्रो दिनको मतगणनाको नतिजा हेर्दा प्रदेश नम्बर ३ मा वाम गठबन्धनले बहुमत जीत निकालेको छ । यस्तै मतगणनाको नतिजका आधारमा पनि बाम गठबन्धनले अग्रता हासिल गरेको छ । काठमाडौंका १० निर्वाचन क्षेत्र मध्ये ३ क्षेत्रमा नेपाली कांग्रेसले विजयी हासिल गरेको छ भने बाँकी ७ निर्वाचन क्षेत्रहरुमा बामपन्थी दलले जित तथा अग्रता निकालेका छन् । 
 

काठमाडौं अपडेटः तीन÷तीन क्षेत्रमा बाम कांग्रेस विजयी, ४ क्षेत्रमा बामको अग्रता   
काठमाडौं क्षेत्र नं. १ मा नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले १० हजार ३७ मत ल्याएर निर्वाचित भएका छन् । उनले विवेकशील साझाका रवीन्द्र मिश्रलाई पराजित गरेका हुन् । मिश्रले १० हजार २ सय १८ मत ल्याएका छन् । 

यता काठमाडौं क्षेत्र नं. २ मा एमालेले अग्रता हासिल गरेको छ । एमालेका बरिष्ठ नेता एवं पूर्व प्रधानमन्त्री माधव नेपालले ९ हजार १ सय ३६ मत ल्याएर अगाडि रहेका छन् भने उनका निकटम प्रतिद्धन्द्धी दीपक कुँइकेलले ४ हजार ९ सय ८ मत ल्याएका छन् । 

काठमाडौं क्षेत्र नं. ३ मा एमालेका कृष्णभक्त राई निर्वाचित भएका छन् । उनले १९, १६९ मत ल्याएका छन् भने उनका प्रतिद्धन्द्धी कांग्रेस नेतृ अम्बिका बस्नेतले १४ हजार ८ सय ८४ मत ल्याएकी छिन् । 

काठमाडौं क्षेत्र नं. ४ मा नेपाली कांग्रेसका नेता गगन थापा विजयी भएका छन् । उनले २१ हजार ५ सय ५८ मत ल्याएका छन् भने उनका निकटम प्रतिद्धन्द्धी डा. राजन भट्टराईले १८ हजार १ सय ४० मत ल्याएका छन् । 

यता काठमाडौं क्षेत्र नं. ५ मा एमालेले अग्रता हासिल गरेको छ । एमाले महासचिव समेत रहेका इश्वर पोखरेलले ५ हजार ५ सय २२ मत ल्याएका छन् भने नेपाली कांग्रेसका उम्मेदवार डा. प्रकाश शरण महतले ३ हजार १ सय ७२ मत ल्याएर पछ्याइरहेका छन् । 

यस्तै काठमाडौं क्षेत्र नं. ६ मा माओवादी केन्द्रका झक्कु सुवेदीले अग्रता लिएका छन् । सुवेदीले ६ हजार ७ सय ३७ मत ल्याएका छन् भने ६ हजार १ सय ४४ मत ल्याएर कांग्रेस नेता भीमसेनदास प्रधानले पछ्याइरहेका छन् । 

काठमाडौं ७ मा एमाले नेता रामवीर मानन्धर ३ हजार ३ सय ६७ मत ल्याएर अगाडि रहेका छन् भने राप्रपाका विक्रमबहादुर थापा १८ सय ८२ मत ल्याएर पछ्याइरहेका छन् । 

काठमाडौं ८ मा एमालेका जीवनराम श्रेष्ठ १३ हजार ३ सय ९७ मत ल्याएर विजयी भएका छन् । उनका निकटम प्रतिद्धन्द्धी नेपाली कांग्रेसका नवीन्द्रराज जोशीले १२ हजार ९ सय ९३ मत ल्याएका छन् । 

यता काठमाडौं ९ मा एमालेका कृष्णगोपाल श्रेष्ठ विजयी भएका छन् । उनका निकटम प्रतिद्धन्द्धी ध्यानगोविन्द रञ्जितले १८ हजार ८ सय २ मत ल्याएका छन् । 
काठमाडौं क्षेत्र नं. १० मा भने नेपाली कांग्रेसका राजन केसी निर्वाचित भएका छन् । उनले २४ हजार १ सय ९० मत ल्याएका छन् भने उनका निकटम प्रतिद्धन्द्धी हीतमान शाक्यले २१ हजार ९ सय ७ मत ल्याएका छन् । 

सिन्धुपाल्चोकमा दुई बामः एक एमाले अर्को माओवादी 
सिन्धुपाल्चोकका २ क्षेत्रमा बाम गठबन्धनका उम्मेदवार विजयी भएका छन् । सिन्धुपाल्चोक क्षेत्र नं. १ मा माओवादीका अग्नि सापकोटाले ४० हजार ५ सय ४ मत ल्याएर विजयी भएका छन् । उनका निकटम प्रतिद्धन्द्धी रहेका नेपाली कांग्रेसका नेता तथा सुचना तथा सञ्चारमन्त्री मोहनबहादुर बस्नेतले २९ हजार ७ सय ९८ मत ल्याएका छन् । 

यता क्षेत्र नं. २ मा ३८ हजार ४ सय १ मत ल्याएर एमालेका उम्मेदवार शेरबहादुर तामाङ विजयी भएका छन् । उनका निकटतम प्रतिद्धन्द्धी राप्रपा प्रजातान्त्रिकका पशुपति शम्शेर राणाले ३० हजार ३ सय ६९ मत ल्याएर पराजित भएका छन् । 


भक्तपुरः क्षेत्र नंं १ मा कांग्रेस २ मा बामको अग्रता 
भक्तपुर क्षेत्र नं. २ मा बाम गठबन्धनका उम्मेदवार महेश बस्नेतले अग्रता हासिल गरेका छन् । उनले २२ हजार ४ सय ६५ मत ल्याएका छन् भने उनका निकटम प्रतिद्धन्द्धी नेपाली कांग्रेसका दमननाथ ढुङ्गानाले ११ हजार ४ सय ९५ मत ल्याएका छन् । 

यता भक्तपुर क्षेत्र नं. १ मा नेपाली कांग्रेसका ३ हजार ६ सय २९ मत ल्याएर अगाडि रहेका छन् भने उनका निकटम प्रतिद्धन्द्धी मजदुर किसान पार्टीका प्रेम सुवालले ३ हजार ५ सय ४५ मत ल्याएका छन् । 

ललितपुर अपडेटः २ क्षेत्रमा बाम बिजयी एकमा अग्रता 
ललितपुर क्षेत्र नं. १ मा बाम गठबन्धनका तर्फबाट उम्मेदवार बनेका पूर्व प्रहरी नवराज सिलवालले ११ हजार ३ सय १४ मत ल्याई अग्रता हासिल गरेका छन् । उनका निकटम प्रतिद्धन्द्धी नेपाली कांग्रेसका उदय शम्शेर राणाले ९ हजार ३ सय ९२ मत पाएका छन् । 

लतितपुर क्षेत्र नं. २ मा एमालेका कृष्णलाल मर्हजन विजयी भएका छन् । उनले २७ हजार ७ सय मत ल्याए भने उनका निकटतम प्रतिद्धन्द्धी नेपाली कांग्रेसका उम्मेदवार चन्द्र महर्जनले १६ हजार ९ सय ४५ मत पाएका छन् । 

यता ललितपुर क्षेत्र नं. ३ मा माओवादी केन्द्रकी नेतृ पम्फा भुसाल विजयी भएकी छिन् । उनले २४ हजार ३६ मत ल्याएकी छिन् भने उनका प्रतिद्धन्द्धी नेपाली कांग्रेसका मदन बहादुर अमात्यले २२ हजार ३ सय २६ मत ल्याएका छन् । 

धादिङः बाम गठबन्धनको कब्जामा 
धादिङका प्रतिनिधी सभा तर्फबा दुई निर्वाचन क्षेत्र बामपन्थी दलले कब्जा गरेका छन् । 
धादिङ क्षेत्र नं. १ मा एमालेका भूमी त्रिपाठीले ४९ हजार १ सय २१ मत ल्याएर विजयी भएका छन् भने उनका निकटतम प्रतिद्धन्द्धी नेपाली कांग्रेसका विश्व अर्यालले २१ हजार ९ सय ६८ मत ल्याएका छन् । 

यता धादिङ २ मा एमालेका खेम लोहनी ३६ हजार २ सय ५६ मत ल्याएर विजयी भएका छन् भने कांग्रेसका दीलमान पाख्रिन ३५ हजार ६ सय १६ मत ल्याएर पराजित भएका छन् । 
काभ्रेपलाञ्चोक : १ मा कांग्रेस र २ मा एमालेको अग्रता 
काभ्रे क्षेत्र नं. १ मा झिनो मतले नेपाली कांग्रेसले अग्रता हासिल गरेको छ । कांग्रेसका तीर्थ लामाले ६ हजार ४ सय ५१ र माओवादी केन्द्रका गंगाबहादुर लामाले ६ हजार ३ सय ९३ मत ल्याएका छन् । 

काभ्रे क्षेत्र नं. २ मा ७ हजार ४ सय ९८ मत ल्याएर एमालेका गोकुल बास्कोटाले अग्रता लिएका छन् । उनलाई कांग्रेसका मधु आर्चायले ६ हजार ३ सय ९३ मतले पछ्याइरहेका छन् । 

मकवानपुरः दुई क्षेत्रमै एमालेको अग्रता 
मकवानपुरका दुई क्षेत्रमै बाम गठबन्धनमा आवद्ध एमालेका उम्मेद्धवार अगाडि रहेका छन् । 
क्षेत्र नं. १ मा राप्रपा अध्यक्ष कमल थापालाई पछि पार्दै १८ हजार ८२ मत ल्याउदै एमालेका कृष्ण दाहालले अग्रता हासिल गरेका छन् । दाहालका निकटम प्रतिद्धन्द्धी थापाले १६ हजार २ सय ५३ मत ल्याएर पछ्याइरहेका छन् । 

यता मकवानपुर क्षेत्र नं. २ मा एमालेका बिरोध खतिवडाले २० हजार २ सय १३ मत ल्याएका छन् भने कांग्रेसकी महालक्ष्मी डिना उपाध्यायले १५ हजार २ सय १० मत ल्याएर पछ्याइरहेकी छिन् । 

नुवाकोटः दुई क्षेत्रमा बाम अगाडि 
नुवाकोटका दुई क्षेत्रमा बाम गठबन्धन अगाडि रहेका छन् । 
क्षेत्र नं. १ मा माओवादी केन्द्रका हीतबहादुर तामाङले १४ हजार १ सय ८३ मत ल्याएका छन् भने उनका निकटतम प्रतिद्धन्द्धी डा रामशरण महतले ११ हजार ६ सय ५१ मत ल्याएका छन् । 

यता क्षेत्र नं. २ मा १८ हजार ६४ मत ल्याएर एमालेका नारायण प्रसाद शर्माले अग्रता हासिल गरेका छन् । उनका निकटम प्रतिद्धन्द्धी नेपाली कांग्रेसका अर्जुन नर्सिङ केसीले १२ हजार ९ सय १४ मत ल्याएका छन् । 

रसुवाः कांग्रेसका आर्चाय विजयी  
रसुवामा नेपाली कांग्रेसका उम्मेदवार मोहन आर्चाय विजयी भएका छन् । उनले १४ हजार ४ सय ५३ मत ल्याएर विजय हासिल गरेका हुन् भने उनका निकटम प्रतिद्धन्द्धी एमालेका जनार्दन ढकालले १० हजार २ सय ७८ मत ल्याएका छन् । 

दोलखाः ३० हजार मतान्तरले पार्वत गुरुङ विजयी 
एक मात्र निर्वाचन क्षेत्र रहेको दोलखामा बाम गठबन्धनबाट एमालेका पार्वत गुरुङ भारी मतान्तरले विजयी भएका छन् । उनले ५५ हजार ९ सय ५४ मत ल्याँउदै कांग्रेसका रुद्र खड्कालाई पराजित गरेका हुन् । खड्काले २५ हजार ८ सय १ मत ल्याएका छन् । 

रामेछापः बामको अग्रता 
एकमात्र निर्वाचन क्षेत्र रहेको रामेछापमा माओवादी केन्द्रका श्यामकुमार श्रेष्ठले अग्रता लिएका छन् । उनले १७ हजार २ सय २३ मत ल्याएका छन् भने उनका निकटम प्रतिद्धन्द्धी नेपाली कांग्रेसका कान्छाराम तामाङले १४ हजार ६ सय १६ मत ल्याएर पछ्याइरहेका छन् । 

चितवनः ३ क्षेत्रमै बाम गठबन्धनको अग्रता 
चितवनका प्रतिनिधी सभा तर्फका ३ वटै निर्वाचन क्षेत्रमा बाम गठबन्धनका उम्मेदवारले अग्रता हासिल गरेका छन् । 
चितवन क्षेत्र नं. १ मा एमालेका उम्मेदवार सुरेन्द्र पाण्डेले २ हजार २ सय ७९ मत ल्याएका छन् भने उनका निकटम प्रतिद्धन्द्धी नेपाली कांग्रेसका राजेन्द्र बुर्लाकोटीले १४ सय २१ मत ल्याएका छन् । 

क्षेत्र नं. २ मा एमालेका उम्मेदवार कृष्णभक्त पोखरेलले १४ सय ३३ मत ल्याएका छन् भने उनका निकटतम प्रतिद्धन्द्धी कांग्रेसका शेषनाथ अधिकारीले ६ सय ४८ मत ल्याएका छन् । 

यता क्षेत्र नं. ३ मा माओवादी केन्द्रका अध्यक्ष समेत रहेका पूर्वप्रधानमन्त्री प्रचण्डले अग्रता लिएका छन् । उनले ३ हजार ६ सय ५६ मत ल्याएका छन् भने उनका निकटम प्रतिद्धन्द्धी राप्रपा प्रजातान्त्रिकका विक्रम पाण्डेले २ हजार २ सय ६० मत ल्याएर पछ्याइरहेका छन् । 

सिन्धुलीः दुई क्षेत्रमै बाम अगाडि  
सिन्धुलीका दुई निर्वाचन क्षेत्रमा बाम गठबन्धनका उम्मेदवार अगाडि रहेका छन् । 

क्षेत्र नं. १ मा सिन्धुली क्षेत्र नं. १ मा एमालेका गणेश पहाडीले १३ हजार १ सय ६२ मत ल्याएर अग्रता हासिल गरेका छन् भने उनका निकटम प्रतिद्धन्द्धी नेपाली कांग्रेसका प्रेमचन्द्र दाहालले ८ हजार ४ सय ७४ ल्याएर पछ्याइरहेका छन् । 

यता क्षेत्र नं. ३ मा बाम गठबन्धनबाट माओवादीका नेता एवं पूर्वमन्त्री समेत रहेका हरिबोल गजुरेलले ११ हजार ३ सय ४ मत ल्याएर अग्रता हासिल गरेका छन् भने उनका निकटम प्रतिद्धन्द्धी नेपाली कांग्रेसका नरेन्द्र थापाले ५ हजार २ सय २८ मत ल्याएका छन् ।  
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप