बिहीबार, ०६ वैशाख २०८१
ताजा लोकप्रिय

मोरङ क्षेत्र नं ५ मा माओवादी केन्द्रका मण्डल विजयी

शनिबार, २३ मङ्सिर २०७४, १५ : २५
शनिबार, २३ मङ्सिर २०७४

विराटनगर– मोरङको क्षेत्र नं ५ को प्रतिनिधिसभा सदस्यमा नेकपा माओवादी केन्द्रका शिवकुमार मण्डल विजयी भएका छन् ।  मण्डलले २२ हजार ९४५ मत प्राप्त गरी विजयी भएका छन् । उनका निकटतम प्रतिद्वन्द्वी नेपाली काँग्रेसका अमृतकुमार अर्यालले १९ हजार १५३ मत प्राप्त गरेका थिए । 

सोही क्षेत्रबाट तेस्रो स्थानमा रहेका संघीय समाजवादी फोरम नेपालका राजकुमार यादवले १८ हजार ६ सय ४९ मत प्राप्त गरेका थिए ।  यसैबीच, मोरङको ६ वटै प्रतिनिधिसभा सदस्यको निर्वाचनको परिणाम घोषित भइसकेका छन् । सोमध्ये निर्वाचन क्षेत्र नं २ मा नेपाली काँग्रेस र अन्य पाँचवटै निर्वाचन क्षेत्रबाट वाम गठबन्धनका उम्मेदवारहरु विजयी भएका छन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप