मङ्गलबार, ०४ वैशाख २०८१
ताजा लोकप्रिय

संकटमा कमल थापा

शनिबार, २३ मङ्सिर २०७४, १५ : ४९
शनिबार, २३ मङ्सिर २०७४

मकवानपुर । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापा पछिल्लो मत परिणाम अनुसार झण्डै दुई हजार मतले पछि परेका छन् ।

उर्जामन्त्री समेत रहेका थापा मकवानपुरको क्षेत्र नम्बर १ बाट प्रतिनिधि सभा उम्मेदवार रहेका छन् ।

प्राप्त पछिल्लो मत परिणाम अनुसार थापाले १६ हजार २ सय ५३ मत ल्याएका छन् ।

यता, बाम गठबन्धनका कृष्णा दाहालले १८ हजार ८२ मत ल्याएर उनलाई पछि पारिरहेका छन् ।

मत गणनाको पछिल्लो ट्रेन्डलाई हेर्दा भने थापा यति बेला संकटमा देखिएका छन् । उनको जीत कठिन बन्दै गइरहेको छ ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप