शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

गुल्मीमा एमाले नेता खडग केसी विजयी

शनिबार, २३ मङ्सिर २०७४, १५ : ५०
शनिबार, २३ मङ्सिर २०७४

गुल्मीमा एमाले नेता खडग केसी विजयीगुल्मी– गुल्मीको प्रतिनिधिसभा २ अन्तर्गत पर्ने प्रदेशसभा निर्वाचन–१ मा वाम गठबन्धनका उम्मेदवार विजयी भएका छन् । सो क्षेत्रमा वाम गठबन्धनका   एमालेका उम्मेद्वार खडग केसी विजयी भएका हुन् । 

उनले नेपाली काँग्रेसका उम्मेदवार शालिक पन्थीलाई ४ हजार ४ सय ९२ को अन्तरले हराउँदै विजयी भएका हुन् ।  मुसिकोट नगरपालिका, इस्मा गाउँपालिका र रेसुङ्गा नगरपालिकाका ६ वटा वडा मिलाएर बनाइएको प्रदेशसभामा ठुलो मत अन्तरले केसी विजयी भएका छन् । 

केसीले १६ हजार १ सय ६५ मत प्राप्त गरेका छन् भने उनका निकटतम प्रतिद्धन्दी काँग्रेसका शालिक पन्थीले ११ हजार ६ सय ७३ मत ल्याएका छन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप