बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

देशैभर बामगठबन्धनले जित्दा बर्दियामा बामदेव संकटमा

आइतबार, २४ मङ्सिर २०७४, ०८ : १८
आइतबार, २४ मङ्सिर २०७४

वाम गठबन्धनका उम्मेदवार एमाले उपाध्यक्ष बामदेव गौतम बर्दिया–१ मा २८ सय मतान्तरले पछाडि परेका छन् । 

मुख्य निर्वाचन अधिकृत किरण कुमार पोखरेलले रातोपाटीलाई दिएको जानकारी अनुसार ७४ हजार ९ सय ६५ मत गन्दा सिचाइँ मन्त्री समेत रहेका नेपाली कांग्रेसका उम्मेदवार सञ्जयकुमार गौतमले ३७ हजार १ सय ५४ मत पाएका छन् ।

गौतमले ३२ हजार ८ सय १० मत ल्याएका छन् । ४ हजार ७ सय २४ मत बदर भएको र अझै २२ हजार मत गन्न बाँकी रहेको मुख्य निर्वाचन अधिकृत पोखरेलले जानकारी दिए ।  
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप