शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

बामगठबन्धनले चुनाव जितेपछि ओलीले तोके पार्टी एकताको ‘टामइलाइन’

सोमबार, २५ मङ्सिर २०७४, ०९ : २६
सोमबार, २५ मङ्सिर २०७४

काठमाडौं– प्रतिनीधिसभा र प्रदेशसभाको चुनावमा बामगठबन्धनको जितपछि एमाले अध्यक्ष केपी ओलीले एमाले र माओवादीबीचको पार्टी एकताको समयसीमा तोकेका छन् । उनले पार्टी एकताका लागि तीन महिना लाग्ने बताएका छन् । 
चुनावी गठबन्धनसँगै एमाले र माओवादीबीच पार्टी एकता गरेर अगाडि जाने सहमति बनेको थियो । यद्यपी पार्टी एकताको भविष्यलाई लिएर दुवै पार्टीभित्र केही आशंकाहरु भने कायमै छन् । 
आजका अन्नपूर्ण पोष्टमा प्रकाशित ओलीको अन्तर्वार्तामा उनले एकीकृत पार्टीको नेतृत्व कसले लिने भन्ने विषय स्पष्ट गरेका छैनन् । 
‘अव सरकार निर्माण अगाडिको एकता ?’

ओलीको जवाफ छ, ‘सरकार तुरुन्त आइहाल्यो नि । एकताका लागि केही समय लाग्छ । करिव तीन महिना जति ।’

ओली प्रधानमन्त्री र प्रचण्ड पार्टी अध्यक्ष बन्न सक्ने अडकलवाजीलाई जोडेर सोधिएको ‘पार्टी अध्यक्ष एउटा र प्रधानमन्त्री अर्को बन्ने हो ?’ भन्ने प्रश्नमा ओलीको जवाफ छ, ‘हामीबीच त्यस्तो समझदारी भएको छैन। यो एकरदुई नेताले निर्णय गर्ने विषय पनि होइन। पार्टी एकता भएपछि सबै यसको हकदार हुन्छन्। एकता हुनुभन्दा अगाडि यो कुरा गरियो भने समस्या पैदा गर्छ। त्यसैले हामीले त्यसको चर्चा गर्दैनौं। अर्को अध्यक्ष हुनुपर्‍यो भने दुई पार्टी राखे भइहाल्यो किन एकता गर्नुपर्‍यो रु हामीले अध्यक्ष होइन, एकता खोजेका हौं। पदको कुरै होइन। मिलेर देशलाई अगाडि बढाउन खोजेका हौं। जे आवश्यकता पर्छ पछि छलफलबाट त्यो गर्छौं।’
ओलीले प्रचण्ड राष्ट्रपति बन्न सक्ने सम्भावना पनि देखाएका छन् । ‘तपाइँ प्रधानमन्त्री, पुष्पकमल दाहाल राष्ट्रपति र अध्यक्ष एमालेको अर्को कोही नेता हुने सम्भावना छ कि ?’

ओलीको जवाफ छ, ‘राजनीतिमा सम्भावना रहन्छ। त्यसलाई नकार्न सकिन्न। एउटैले सबै पद लिन मिल्दैन। सम्बन्धित र सान्दर्भिक पद मात्रै लिइन्छ। अहिले पार्टी अध्यक्षको प्रश्न महाधिवेशनमा आउला। एकीकरणमा आउला। पार्टी एकीकरणमा अध्यक्षको विषय गौण हो। प्रधानमन्त्री पार्टी अध्यक्षसँग जोडिएको विषय हो र ?’

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप