मङ्गलबार, ११ वैशाख २०८१
ताजा लोकप्रिय

बामदेव, नारायणकाजी र रामचन्द्रको हारवारे बोले प्रचण्ड

सोमबार, २५ मङ्सिर २०७४, ०९ : ४८
सोमबार, २५ मङ्सिर २०७४

काठमाडौं-माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले बामगठबन्धन निर्माणमा महत्वपूर्ण भूमिका खेलेका एमाले उपाध्यक्ष बामदेव गौतम र माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठको हारले आफुलाई पीडा भएको बताएका छन् ।
आज चितवनमा एक टीवी च्यानललाई दिएको अन्तर्वार्तामा प्रचण्डले भनेका छन्
बामगठबन्धन निर्माणमा उहाँहरु दुवै जनाले महत्वपूर्ण भूमिका खेल्नुभयो ।
अहिलेको चुनावमा उहाँहरुले जित्न सक्नु भएन । पराजय भयो ।
मलाई निकै पीडा भएको छ । उहाँहरु दुवैले जित्नैपर्ने थियो । 
हामीले माथिबाट सहयोग गर्दागर्दै पनि पराजित हुनुभयो ।
हामी यसको समीक्षा गर्छौँ । 
पार्टीले हिसाव गरेर नै उहाँहरु चुनाव लडन जानु भएको हो । 
जिताउन जोडबल पनि गरेको पनि हो । 
हारको कारण खोज्न वाँकी छ ।
बसेर कुरा भएको छैन । म काठमाडौं गएपछि कुरा हुन्छ । 
बामदेवजीसँग फोनमा कुरा भएको थियो । उहाँले केही कमजोरी देखा परेका छन् भन्नु भएको छ । 
बाबुरामले चुनाव जित्नु भएको छ । उहाँलाई बधाई छ । दुई पटक उहाँलाई पार्टीले उम्मेदवार बनाएर जिताएको हो । 
उहाँ अन्तिम समयमा बामगठबन्धनबाट बाहिरिनुभयो । 
बाहिरिनुमा उहाँकै भूमिका बढी छ । 
रामचन्द्र पौडेलजी संसमा आउनुपर्ने व्यक्ति हो । उहाँको पराजय मिठो लागेको छैन । उहाँ संसदमा हुनुपर्ने नेता हो । 
प्रमुख नेता नहुँदा संसदमा केही न केही नमिलने जस्तो हुन्छ ।
तर, पनि नेताको रुपमा उहाँहरुको भूमिका कायम रहन्छ ।


 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप