सिटिजन लाइफ इन्स्योरेन्सको कान्तिपथमा शाखा विस्तार
काठमाडौं– सिटिजन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले काठमाडौंको कान्तिपथमा नयाँ शाखा विस्तार गरेको छ । कम्पनीको अध्यक्ष एवम् नेपालउद्योग वाणिज्य महासंघका पूर्व अध्यक्ष प्रदीपजंग पाण्डेले शाखाको उद्घाटन गरेका हुन् ।
शाखा कार्यालय संचालनपछि सर्वसाधारणमा बीमाको पहुँच अभिवृद्धि गर्न सहयोगीहुने विश्वास कम्पनीले व्यक्त गरेको छ । २०७४ साल कार्तिक २ गते लक्ष्मी पूजाको दिन देखिव्यवसायिककारोबार शुभारम्भ गरेको यस कम्पनीले देशभरी फैलिएकाआफ्ना २५ वटाशाखा सञ्जालमार्फत ग्राहकहरुलाई जीवनबीमा सेवाप्रदान गरिरहेको छ ।
कम्पनीले यस अघिनै ब्राण्ड एम्बेसडरको रुपमाूमहजोडीूलाई अनुबन्धीत गरिसकेको छ ।
अधिकृत पुंजी रु. ३.० अर्ब र जारी पुंजी रु.२.५० अर्ब मध्ये हाल संस्थापकबाट ७० प्रतिशतले हुने रकम रु.१.७५ अर्ब चुक्ता पुंजी रहेको यस कम्पनीले निकट भविष्यमा रु.७५ करोडको सर्व साधारणको लागी शेयर जारी गरी चुक्ता पुंजी रु.२.५० अर्ब पुर्याउने जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पार्टी एमालेलाई बुझाएर प्रचण्ड राष्ट्रपति बन्छन् : रामकुमार शर्मा, पूर्वमाओवादी नेता
-
दोस्रो सातामा ‘महाजात्रा’
-
स्वास्थ्य सेवा अन्तर्गतका ११ जना अधिृकतलाई बढुवा गर्ने सरकारको निर्णय
-
संसद् अवरोध हटाउन दलहरूबिच छलफल हुन्छ : सभामुख घिमिरे
-
सुदूरपश्चिम सरकारलाई दिएको समर्थन फिर्ता लिन अध्यक्ष श्रेष्ठको निर्देशन
-
इलाम-२ मा रास्वपाको उम्मेदवारी घोषणा शनिबार