बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

जल्दै छ क्यालिफोर्निया : न्युयोर्क शहरभन्दा ठूलो क्षेत्रमा डढेलो फैलियो

सोमबार, २५ मङ्सिर २०७४, १६ : ००
सोमबार, २५ मङ्सिर २०७४

क्यालिफोर्निया । दक्षिणी क्यालिफार्नियामा लागेको डढेलो यतिबेला ठूलो क्षेत्रफलमा फैलिएको छ । राज्यको इतिहासमै पाँचौ ठूलो आगलागी भनिएको यो डढेलो न्युयोर्क शहरभन्दा ठूलो क्षेत्रफलमा फैलिसकेको छ ।

‘द थोमस फायर’ नाम दिइएको यस डढेलोले भेन्चुरा र सान्टा बार्बरा क्षेत्रमा हालसम्म ९६० वर्ग किलोमिटर क्षेत्रफल सखाप पारिसकेको छ ।

तीव्र गतिको हावाको कारण यो दैनिक ५० हजार एकरमा फैलिरहेको छ । 

राज्यको तटीय क्षेत्रमा रहेका वासिन्दाहरुलाई सुरक्षित स्थानमा जानका लागि निर्देशन दिइसकिएको छ । 

आइतबार अग्नी नियन्त्रकहरुले १५ प्रतिशत डढेलोलाई नियन्त्रण लिएको बताए पनि यसको तिव्र गतिको फैलावटले उनीहरुले अहिले मात्र १० प्रतिशत नियन्त्रण लिन सकिएको बताएका छन् ।

उच्च पहाडी क्षेत्रमा आगलागी भइरहेको कारण अग्निनियन्त्रकहरुलाई आगलागी नियन्त्रण गर्न सकस परिरहेको छ ।

हेर्नुहोस् तस्विर :


 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप