समानुपातिक तर्फको मतगणना : एमालेकै अग्रता, चौथोमा विवेकशील !
सोमबार, २५ मङ्सिर २०७४, १७ : ०१
काठमाडौं– निर्वाचन आयोगले प्रतिनिधिसभा सदस्यको प्रत्यक्षसँगै समानुपातिक तर्फको मतगणना पनि जारी राखेको छ ।
समानुपातिक तर्फको मतगणनाका क्रममा एमालेले नै अग्रता कायम गरेको छ । सोमवार ४ः ४० सम्मको मतगणनाको परिणामअनुसार एमालेले ५ लाख २६ हजार ९६ मत ल्याएर अग्रता कायम गरेको छ ।
कांग्रेसले भने एमालेको भन्दा ५० हजार कम अर्थात ४ लाख ७६ हजार ५१२ मत ल्याउदै दोस्रोमा छ । त्यस्तै माओवादी केन्द्रले २ लाख २५ हजार ६०६ मत ल्याएर तेस्रो स्थान बनाएको छ ।
त्यस्तै विवेकशील साझा पार्टी २६ हजार ४७३, राजपा नेपाल २६ हजार ३९८,राप्रपा २५ हजार ७५७, संघीय समाजवादी फोरम २० हजार २९५, नयाँशक्ति १९ हजार ३३९, राप्रपा प्रजातान्त्रिकले १० हजार ६२९ मत ल्याएका छन् भने राजमोले ८ हजार १० मत ल्याएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सेयर बजारमा सामान्य वृद्धि, साढे २ अर्बको कारोबार
-
कपिलको शोमा पुगे आमिर, भने – ‘बच्चाहरूले मेरो कुरा सुन्दै सुन्दैनन्’
-
प्राधिकरणको आम्दानीबाट सरकारले दिने विद्युत् सहुलियत धान्न सम्भव छैन : कुलमान घिसिङ
-
न्यायाधीश मल्लको प्रश्न– टीआरसीले हेर्ने कि अदालतले ?
-
सिटिजन लाइफले ल्यायो भिडियो केवाईसी सुविधा
-
चेम्बर अफ कमर्सका २४ वटा समितिको नेतृत्व चयन