शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

सरकारको निर्णय मन्त्रिपरिषद्को बैठकले लुकायो

सोमबार, २५ मङ्सिर २०७४, १८ : ०७
सोमबार, २५ मङ्सिर २०७४

काठमाडौं – आज बसेको मन्त्रिपरिषद्को बैठकले गरेको निर्णयहरु लुकाइएको पाइएको छ । सोमबार बिहान प्रधानमन्त्री तथा मन्त्रि परिषद्को कार्यालय सिंहदरबारमा बसेको बैठकले गरेको निर्णय लुकाउन खोजेको हो ।

बैठकले निर्णय सुनाउने बेला सैनिक अधिकारीहरुको बढुवाको निर्णय मात्र गरेको भनिए पनि बैठकले केहि राजनैतिक नियुक्तिहरु गरेको सूचना चुहिएपछि सरकारले बैठकले गरेको निर्णयहरु लुकाउन खोजेको स्पष्ट भएको हो । 

बैठक लगत्तै पत्रकारहरुलाई जानकारी दिदै सूचना तथा संचारमन्त्री मोहन बहादुर बस्नेतले सेनाका दुई सहायक रथी र एक प्राविधिक उपरथीको पदावधि बढाएको मात्र जानकारी दिए । 

सरकारले निर्णय गरेर लुकाउन खोजेको  गोरखापत्र संस्थानको महाप्रबन्धकमा बसन्तप्रकाश उपाध्यायलाई नियुक्त गरेको बिषय हो । यस्तै, सरकारले चलचित्र विकास बोर्डको अध्यक्षमा निकिता पौडेललाई नियुक्त गरेको विषय पनि लुकाएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप