बिहीबार, ०६ वैशाख २०८१
ताजा लोकप्रिय

रक्षामन्त्री प्रधानले भने, –कांग्रेसले हारेको जिम्मेवारी सभापति शेरबहादुरले लिनु पर्छ’

सोमबार, २५ मङ्सिर २०७४, १८ : ३४
सोमबार, २५ मङ्सिर २०७४

काठमाडौं – रक्षामन्त्री तथा नेपाली कांग्रेसका नेता भिमसेनदास प्रधानले सभापति शेरबहादुर देउवाले निर्वाचनमा कांग्रेसले हारेको जिम्वेवारी लिनु पर्ने बताएका छन् । 

सोमबार काठमाडौंमा भएको साक्षात्कार कार्यक्रममा बोल्दै प्रधानले चुनावमा कांग्रेसले बेहोरेको पराजयको नेतृत्व तहले जिम्मेवारी लिँदै सभापति देउवाले राजिनामा दिनु पर्ने बताएका हुन् ।  । निर्वाचनको अन्तिम नतिजा आए लगत्तै केन्द्रीय समितिको बैठक बोलाएर विशेष महाधिवेशनको मिति तोकेर चुनावमा बेहोरेको हारको समिक्षा गर्नुपर्ने पनि बताए ।

कांग्रेस हार्नुमा नेतृत्वको ठूलो कमजोरी भएकोले पार्टी सभापति, पदाधिकारी, केन्द्रीय सदस्यहरु सबैले राजिनामा दिएर नेतृत्व हस्तान्तरणको प्रक्रियामा लैजानु पर्ने मन्त्रि प्रधानको तर्क छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप