शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

पत्रकार खेम थपलियासहित तीन रिहा

सोमबार, २५ मङ्सिर २०७४, १९ : ०३
सोमबार, २५ मङ्सिर २०७४

काठमाडौं – नेपाल कम्युनिष्ट पार्टीले सञ्चालन गरेको निर्वाचन खारेजी अभियान अन्तर्गत पक्राउ परेका पत्रकार तथा प्रगतिवादी साहित्यकार खेम थपलियालाई सोमबार सरकारले रिहा गरेको छ । 


यही मंसिर १० र २१ गतेको निर्वाचन लक्षित गर्दै नेपाल कम्युनिष्ट पार्टीले देशव्यापी रुपमा सञ्चालन गरेको निर्वाचन खारेजी अभियान अन्तर्गत गत मंसिर १ गते प्रगतिशिल लेखक संघको बैठक सकिएर निस्कदै गर्दा कार्यालयको गेटबाट थपलियालाई काठमाडौं प्रहरीले पक्राउ गरी टेकुस्थित थुनामा राखेको थियो ।


जिल्ला प्रशासन कार्यालय काठमाडौंले पटक पटक म्याद थप गर्दै हिराशतमा राख्दै आएको थियो । थपलियासहितका आठ पत्रकारलाई तत्काल थुनामुक्त गर्न माग गर्दै सर्वोच्च अदालतमा बन्दी प्रत्यक्षीकरण रिट समेत दायर भएको अवस्थामा जिल्ला प्रशासन कार्यालय काठमाडौंले सोमबार पाँच हजार रुपैयाँ धरौटीमा रिहा गर्न आदेश दिएपछि सो धरौटी रकम बुझाएर थपलिया रिहा भएका हुन् । 


थपलियासँगै अन्य दुई पार्टी सम्बद्ध कार्यकता समेत रिहा भएका छन् । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप