शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

कञ्चनपुरमा रमेश लेखक पराजित: यस्तो छ मतान्तर

मङ्गलबार, २६ मङ्सिर २०७४, ०६ : ३६
मङ्गलबार, २६ मङ्सिर २०७४

कञ्चनपुर प्रतिनिधिसभा निर्वाचन क्षेत्र नं ३ मा नेपाली कांग्रेसका उम्मेदवार रमेश लेखक पराजित भएका छन् ।

नेकपा एमालेका उम्मेदवार दीपक प्रकाश भट्ट २६ हजार ३६४ मत ल्याएर विजयी भएका छन् ।

काग्रेसका लेखकको पक्षमा २६ हजार १०६ मत मात्र खस्यो ।

लेखक २ सय ५८ मतान्तरले एमाले उम्मेदवार दीपक प्रकाश भट्टसँग  पराजित भएका हुन् ।

कञ्चनपुर ३ 'क' मा पनि एमाले उम्मेदवार विजयी भएका छन् । एमालेका प्रकाश रावल १२ हजार ८१७ मतसहित विजयी भएका हुन् ।

उनका प्रतिस्पर्धी कांग्रेसका यज्ञराज जोशीले १२ हजार ७५४ मत प्राप्त गरे । उनी 
६३ मतान्तरले पराजित भए । 

कञ्चनपुर ३ 'ख' मा माओवादी केन्द्रका उम्मेदवार विजयी भएका छन् । मान बहादुर सुनार  १३हजार ७०० मत ल्याएर विजयी भएका हुन् ।

नेपाली कांग्रेसका उम्मेदवार बेल बहादुर राना मगरले १३ हजार ५३९ मत प्राप्त गरे । उनी १६१ मतान्तरले पराजित भए।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप