मङ्गलबार, ११ वैशाख २०८१
ताजा लोकप्रिय

वाम गठबन्धन: कसको भागमा कति सिट ?

मङ्गलबार, २६ मङ्सिर २०७४, ०७ : १४
मङ्गलबार, २६ मङ्सिर २०७४

उम्मेदवारी दिँदा एमाले र माओवादी केन्द्रले ६० र ४० प्रतिशत सिट भागबन्डा गरेका थिए । तर प्रतिनिधिसभातर्फ हालसम्मको चुनावी परिणाम र अग्रताका आधारमा भने प्रत्यक्षतर्फ एमालेको ७० र माओवादी ३० प्रतिशतको हैसियत रहने देखिएको छ ।

यसमा समानुपातिकतर्फका सिटसमेत जोडिँदा एमालेको प्रतिशत अझै बढ्न सक्ने सम्भावना छ । हालसम्मको विजयी र अग्रताअनुसार एमाले र माओवादी दुवैले गरी ११७ सिट जित्ने देखिन्छ । त्यसमध्ये ८१ एमाले र ३६ माओवादीका हुनेछन् ।

घोषित परिणाम र अग्रता हेर्दा वाम गठबन्धनका तर्फबाट उम्मेदवारी दिने एमालेका ७८ प्रतिशत र माओवादीतर्फबाट ६१ प्रतिशतले मात्र जित्ने देखिएको छ ।  
 

एमालेबाट १०४ जनाले उम्मेदवारी दिएकामा सूर्य चिह्नबाट लड्ने हृदयेश त्रिपाठी समूहका ४ जना पनि पर्छन् । सोमबार अबेरसम्म एमालेले ७६ सिट जितिसकेको छ भने बाँकी ५ सिटमा अग्रता छ । माओवादीबाट ५९ जनाले उम्मेदवारी दिएकामा ३४ ले जितिसकेका छन् ।

दुईले जित्ने मतान्तरसहितको अग्रता कायम गरेका छन् । उम्मेदवारी दिएमध्ये एमालेका तर्फबाट २१, माओवादी तर्फका २३ र त्रिपाठी समूहका दुईले चुनाव हारेका छन् । वाम गठबन्धनसँग राष्ट्रिय जनमोर्चाले प्यूठान र राप्रपाले झापा–३ मा सहकार्य गरेका थिए । ती स्थानमा दुवै दलले एक/एक सिट जितेका छन् ।

हार्नेमध्ये दुवै दलबाट अधिकांश प्रदेश २ का उम्मेदवार छन् । प्रदेश २ का ३२ सिटमध्ये एमालेले १४ मा उम्मेदवारी दिएको थियो । त्यसमध्ये सिरहा–१ मा लीलानाथ श्रेष्ठ र धनुषा–४ बाट रघुवीर महासेठले मात्र जिते । एमालेका १२ जनाले हारे ।

प्रदेश २ मा एमालेभन्दा माओवादीका उम्मेदवार बढी थिए । १८ सिटमा माओवादीले उम्मेवारी दिएकामा ४ सिट जितेको छ । अन्य एक सिटमा जित्ने गरी अग्रता छ । वाम गठबन्धनले प्रदेश २ मा ७ सिट मात्र जित्ने देखिएको छ । ३२ सिटमध्ये ७ मा मात्र खुम्चिनु प्रदेश २ मा गठबन्धनका लागि निकै ठूलो धक्का हो यो खबर आजको कान्तिपुरमा छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

पत्रपत्रिकाबाट
पत्रपत्रिकाबाट
लेखकबाट थप