शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

दल बदल्ने यी ६ भाग्यमानी

मङ्गलबार, २६ मङ्सिर २०७४, ०७ : १४
मङ्गलबार, २६ मङ्सिर २०७४

काठमाडौं - संघीय समाजवादी फोरम छाडेर कांग्रेसबाट टिकट लिएका अभिषेकप्रताप साहले कपिलवस्तु-३ मा बाजी मारे । उनी फोरमकै मंगलप्रसाद गुप्तालाई पराजित गर्दै प्रतिनिधिसभामा विजयी भएका हुन् । साह ०६४ का सबैभन्दा कान्छो सभासद् हुन् । आजको अन्नपूर्ण पोस्टमा खबर छ ।

राजपा छाडेर सूर्य चिह्नमा निर्वाचन लडेका हृदयेश त्रिपाठी नवलपरासी १ बाट निर्वाचित भए । कांग्रेसका देवकरणप्रसाद कलवारलाई हराउँदै त्रिपाठी निर्वाचित भएका हुन् ।

त्रिपाठीसँगै राजपा छाडेका बृजेश गुप्ताले सूर्य चिह्नबाटै कपिलवस्तु क्षेत्र नम्बर २ मा कांग्रेस उम्मेदवार सुरेन्द्रराज आचार्यलाई पराजित गरे ।

स्थानीय निर्वाचनका बेला फोरम (लोकतान्त्रिक) बाट वीरगन्ज महानगरपालिका प्रमुखमा पराजित भएपछि संघीय समाजवादी फोरममा प्रवेश गरेका विमल श्रीवास्तव पनि पर्सा २ मा निर्वाचित भएका छन् । कांग्रेसका अजय चौरसियालाई हराउँदै उनले बाजी मारेका हुन् ।

यता, लोकतान्त्रिक फोरमबाट माओवादी केन्द्र प्रवेश गरेका रामेश्वर राय यादव सर्लाही-३ बाट निर्वाचत भए । कांग्रेस उम्मेदवार हरेशप्रसाद महतोलाई पछि पार्दै यादवले विजय हासिल गरेका हुन् ।

नयाँ शक्तिबाट माउ पार्टी माओवादी केन्द्रमै फर्किएका देवेन्द्र पौडेल पनि बाग्लुङ २ बाट निर्वाचित भएका छन् । क्षेत्र नम्बर १ बासिन्दा पौडेलले कांग्रेसका नीरज पुनलाई पराजित गरेका हुन् ।

यो पनि पढ्नुहोस्:

दल बदल्ने यी ७ नेता, जसलाई पत्याएनन् जनताले

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

पत्रपत्रिकाबाट
पत्रपत्रिकाबाट
लेखकबाट थप