बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

जब ओलीले आफ्नै आवाज सुनेनन्

मङ्गलबार, २६ मङ्सिर २०७४, ०९ : ३१
मङ्गलबार, २६ मङ्सिर २०७४

सोमबार एमाले अध्यक्ष केपी शर्मा ओली गृहजिल्ला झापा पुग्दा केही अनौठा दृश्य देखिए । ओली झापा ५ बाट सर्वाधिक मतसहित आइतबार दिउँसो विजयी भए पनि प्रमाणपत्र लिन भने सोमबार मात्र झापा पुगे । त्यो पनि हवाईजहाज नै चार्टर गरेर ।

अध्यक्ष ओली आफ्नी पत्नी, नेता अग्नि खरेल, कलाकारहरू राजेश घतानी र विल्सनविक्रम राईलगायतको ठूलो टोली लिएर झापा पुगेका हुन् । विमानस्थलमा ओलीलाई स्वागत गर्न उनका वृद्ध बुबासमेत पुगेका थिए । उनले पुष्पगुच्छा दिएर छोरालाई स्वागत गरे । आजको नयाँ पत्रिकामा खबर छ ।

जब ओलीले आफ्नै आवाज सुनेनन्
रंगशाला पुगेको केहीबेरमै ओलीले सम्बोधन गर्न सुरु गरे । रंगशालाको मैदानमा बसेका सर्वसाधारणले त उनको आवाज प्रस्ट सुनिरहेकै थिएँ । तर, ओली आफैँले आफ्नो आवाज सुनेनन् । कारण, माइक निकै टाढा राखिएको थियो, त्यो पनि सर्वसाधारणतिर फर्काएर ।

आफैँले आवाज नसुनेपछि ओली एकछिन रोकिए । र, छेउछाउका कार्यकर्तालाई सोधे, ‘के भएको माइक ? पटक्कै आवाज छैन त !’ सर्वसाधारणतिर फर्किएर उनले भने, ‘चुनाव सिद्धिएर हो कि क्या हो, माइक पनि सिद्धिएछ !’ सबै हाँसे ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

पत्रपत्रिकाबाट
पत्रपत्रिकाबाट
लेखकबाट थप