बुधबार, १२ वैशाख २०८१
ताजा लोकप्रिय

ओपोद्धारा एफफाइभ सिक्स जीवी एडिसन सार्वजनिक

मङ्गलबार, २६ मङ्सिर २०७४, १३ : ४७
मङ्गलबार, २६ मङ्सिर २०७४

काठमाडौं– ओपोले एफफाइभ अन्तर्गत नयाँ मोडल ओपो एफफाइभ सिक्स जीबी पावरफूल रेड (रातो) रंगमा सार्वजनिक गरेको छ । ओपोले आफ्ना युवा पुस्ता उपभोक्तालाई छनोटको थप अवसर उपलब्ध गराउने सोचका साथ केही समय अगाडी मात्रै एफफाइभ सिक्स जीबीको ब्लयाक एडिशन र एफफाइभ यूथपनि सार्वजनिक गरिसकेको छ । 

नेपाली बजारमा ओपोले छोटो समयमा नै फेशनेवल, स्टाइलिश फोन निर्माताका रुपमा आफ्नो परिचत स्थापित गरी सकेको छ । 

ओपो एफफाइभ सिक्स जीबी रेड एडिशनका बारेमा बाल्दै ओपो नेपालका सीईओ बबी झाओले नयाँ फ्ल्यागशिप मोडल ओपो एफफाइभका लागि प्राप्त साथ, सहयोग र मायाकै कारण सिक्स उतकृष्ट उतपादनका रुपमा ल्याएको बताए ।

ओपो एफफाइभ सिक्स जीबी फेशनेवल रातो रंगमा उपलब्ध हुनुका साथै यसमा अझ बढी सञ्चय क्षमता, ६ जीबी ¥याम र ६४ जीबी रोम सहितको उत्कृष्ट प्रोशेसर जडान गरिएको छ । पर्याप्त सञ्चय क्षमता भएको ओपो एफफाइभ सिक्स जीबीले प्रयोगकर्तालाई सहज अनुभूती प्रदान गर्ने कम्पनीको दावी छ ।

जुन फोनमा ६ ईञ्चको पूर्ण एचडी फुल स्क्रिन डिस्प्ले जडान गरिएको छ । साथै यसमा रहेको १८ः९ डिस्प्लेले उपभोक्तालाई जीवन्त रंग सहितका दृष्यको मज्जा प्रदान गर्छ । मिड रेञ्ज्ड स्मार्टफोनमा कम्प्याक्ट बडी र अत्यन्त पातलो फ्रेम सहित स्पष्ट तथा जीवन्त दृष्य सम्प्रेषण उपलब्ध गराउने यो नै नेपालको पहिलो स्मार्टफोन भएको कम्पनीको दावी छ । एफफाइभ सिक्स जीबी रेड एडिशनको मूल्य रु. ४४ हजार ९ सय ९० निर्धारण गरिएको छ । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप