शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

चुनाव जितेपछि प्रभु साहलाई स्वागतमा ५१ किलोको माला

मङ्गलबार, २६ मङ्सिर २०७४, १४ : १४
मङ्गलबार, २६ मङ्सिर २०७४

रौतहट– रौतहट प्रतिनिधि सभा सदस्य निर्वाचन क्षेत्र नम्बर ३ बाट लगातार तेस्रोपटक जित हातपार्न सफल प्रभुु साहले चुुनावी प्रचारमा आफुूले जारी गरेको घोषणापत्र अनुुसारको काम पुुरा गर्ने प्रतिवद्धता जनाएका छन् ।

गत मंसिर २१ गतेको निर्वाचनमा झण्डै १० हजारको मतान्तरले बिजयी भएका साहलाई कटहरियास्थित स्वागत समारोह कार्यक्रममा यस्तो प्रतिवद्धता जनाएका हुन् । 
देशमा बाम गठबन्धनको दुुई तिहाईको सरकार बनेपछि संविधानमा थाती रहेका अधिकारसमेत पुूरा गराउने उनले बाचा गरे ।

साहले नेपाली काङ्ग्रेसका उम्मेदवार सुुनिल यादवलाई नौहजार पाँचसय ५० मतको अन्तरले पराजित गरेका थिए । देशमा बन्ने स्थायी सरकारको अगुुआईमा रौतहट क्षेत्र नम्बर ३ को विकासको माध्यमबाट मुुहार परिवर्तन गर्ने लक्ष्य रहेको प्रस्टयाए ।

कार्यक्रममा कटहरिया बासीले साहलाई ५१ किलोको माला लगाएर स्वागत गरेका थिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

सञ्जय मिश्रा
सञ्जय मिश्रा

सञ्जय मिश्रा रातोपाटीका लागि रौतहट जिल्लाका संवाददाता हुन् ।

लेखकबाट थप