बिहीबार, ०६ वैशाख २०८१
ताजा लोकप्रिय

सिजी मोबाइको नयाँ फिचर फोन बजारमा

मङ्गलबार, २६ मङ्सिर २०७४, १४ : १६
मङ्गलबार, २६ मङ्सिर २०७४

काठमाण्डौ– सिजी मोबाइलको नयाँ फिचर फोन बजारमा आएको छ । अस्ट्रो पावर नामक सो फोन अस्ट्रो सिरिज अन्र्तगत बजारमा ल्याइएको कम्पनीले जनाएको छ ।  यो फोनको बजार मूल्य रु २ हजार ४ सय ९९ रुपैयाँ तोकिएको छ ।

यो फोनको Astro Power मा २.४ ईन्चको डिसप्ले स्क्रिन र लाउड स्पिकर रहेको, जसले गर्दा ग्राहकहरुले उच्च स्तरको भिडियो राम्रो आवाजमा हेर्न सक्ने कम्पनीले जनाएको छ । यो फोनमा पावर बैंकको सुविधा रहेको कारण खरिदमा ओटिजी केबल सित्तैमा आउनेछ, जसको मदतले ग्राहकहरुले अरु मोबाइल जन्य सामाग्रीहरु पनि चार्ज गर्न सकिनेछ ।

 यो फोनमा ५ हजार एमएएचको ब्याट्री, तीनवटा एलइडी लाइट भएको टर्च, वायरलेस एफएम र अरु मल्टी मिडियाजस्ता फिचर रहेकाले कम्पनीले Astro Power लाई यो विधाको सबैभन्दा बढी फिचर भएको फोन भनी दाबी समेत गरेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप