बुधबार, १२ वैशाख २०८१
ताजा लोकप्रिय

चुनाव जितेका ६ अर्थमन्त्रीहरु

मङ्गलबार, २६ मङ्सिर २०७४, १५ : २७
मङ्गलबार, २६ मङ्सिर २०७४

काठमाडौँ । यसपटकको प्रतिनिधि सभा निर्वाचनबाट ५ जना पूर्वअर्थमन्त्री र एक बहालवाला अर्थमन्त्रीले निर्वाचित बनेका छन् ।

वर्षमान पुन ‘अनन्त’
प्रतिनिधि तथा प्रदेशसभाको निर्वाचनमा पूर्व अर्थमन्त्री वर्षमान पुन (अन्नत) ले विजयी हासिल गरेका छन् । बाम गठबन्धन तथा नेकपा माओवादी केन्द्रमा नेता पुनले लोकतान्त्रिक गठबन्धनका अमरसिंह पुनलाई पराजित गरेका छन् । सिचाई राज्यमन्त्री समेत रहेका अमरसिंह पुन दोब्बर मतले पराजित हुनु परेको थियो । अनन्तको ४० हजार ६ सय ४७ मत आउदा यता लोकतान्त्रिक गठबन्धनका पुनको १९ हजार ९ सय ६ मत प्राप्त गरेका थिए । विजयी पुन र लोकतान्त्रिकका पुन बीच २० हजार ७ सय ४१ मतान्तर रहेको थियो । कानूनमा स्नातक गरेका पुन डा. बाबुराम भट्टराई नेतृत्वको सरकारमा अर्थमन्त्रीको जिम्मेवारी सम्हाली सकेका छन् ।
कृष्ण बहादुर महरा 
माओवादीमा नेता तथा बाम गठबन्धनको साझा उम्मेदवार कृष्णबहादुर महरा दाङ क्षेत्र न. २ बाट विजयी भएका हुन् । महराको पक्षमा ४० हजार ४२ मत खसेको थियो । उनका निकटतम प्रतिद्धन्दी नेपाली काँग्रेसका पूर्व सांसद राजु खनालले २५ हजार ८ सय ९७ मत प्राप्त गरेका थिए । महरा र खनालबिच  १४ हजार १ सय ४५ मतान्तर रहेको थियो । महराले पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारमा उपप्रधान तथा अर्थमन्त्रीको जिम्मेवारी सम्हाली सकेका छन् । यता देउवा सरकारमा महरा उपप्रधान तथा परराष्ट्र मन्त्रि थिए भने अहिले विना विभागीय मन्त्री छन् ।

विष्णु पौडेल 
यस्तै अर्का पूर्वअर्थमन्त्री विष्णु पौड्यल रुपन्देही क्षेत्र नं २ बाट निर्वाचित भएका छन् । बाम गठबन्धनका साझा उम्मेदवार तथा नेकपा एमाले सचिव पौड्यलले नेपाली काँग्रेसका युवराज गिरीलाई पराजित गरेका थिए । पौडेलको पक्षमा ४४ हजार ९ मत परेको थियो भने गिरीको पक्षमा २१ हजार ९ सय ४६ मत खसेको थियो । पौडेल केपी नेतृत्वको सरकारमा अर्थमन्त्री बनेका थिए ।

सुरेन्द्र पाण्डे 
नेकपा एमालेका पूर्व अर्थ मन्त्री सुरेन्द्र पाण्डे चितवन १ बाट विजयी भएका छन् । पाण्डेले राजेन्द्र बुर्लाकोटीलाई १४ हजार ४ सय ४२ मतान्तरले निर्वाचित भएका थिए । पाण्डेको पक्षमा ५० हजार ८ सय ९३ मत प्राप्त गरेका थिए भने बुर्लाकोटीले ३६ हजार ४ सय ५४ मल ल्याए ।  पाण्डे २०६६ सालमा माधवकुमार नेतृत्वको सरकारमा अर्थमन्त्री बनेका थिए । 

बाबुराम भट्टराई 
प्रधानमन्त्री तथा अर्थ मन्त्रीको जिम्मेवारी सम्हाली सकेका नयाँ शक्तिका सम्योजक डा. बाबुराम भट्टराई गोर्खा २ बाट निर्वाचित भएका छन् । बाम गठबन्धन तथा माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठलाई ६ हजार ८ सय ७४ मतान्तरले पराजित गरेका छन् । भट्टराईको पक्षमा ३१ हजार ८ सय ७ र श्रेष्ठको पक्षमा २४ हजार ९ सय ३३ मत परेको थियो । भट्टराई वि.स २०६५ भदौ ५ गने गठित संयुक्त सरकारमा अर्थमन्त्री थिए । 

ज्ञानेन्द्र बहादुर कार्की 
नेपाली काँग्रेसका अर्थमन्त्री ज्ञानेन्द्र बहादुर कार्की सुनसरी ४ बाट विजयी भएका छन् । पूर्व अर्थमन्त्री कार्की बाम गठबन्धन तथा एमालेका रमेश श्रेष्ठलाई हराएका छन् । कार्कीको पक्षमा ३२ हजार ३ सय ४७ र श्रेष्ठको पक्षमा २५ हजार ७ सय ५० मत खसेको थियो । 


 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

अञ्जु तामाङ
अञ्जु तामाङ

 तामाङ रातोपाटीका लागि स्वास्थ्यसँग सम्बन्धित समाचार लेख्छिन् ।

लेखकबाट थप