मङ्गलबार, ११ वैशाख २०८१
ताजा लोकप्रिय

स्याङ्जा १ (ख) मा बाम गठबन्धनका गुरुङ विजयी

मङ्गलबार, २६ मङ्सिर २०७४, १५ : ३९
मङ्गलबार, २६ मङ्सिर २०७४

वालिङ– प्रतिनिधिसभा क्षेत्र नं १ प्रदेशसभा (ख) मा वाम गठबन्धनका मीनप्रसाद गुरुङ विजयी भएका छन् ।  नेकपा एमालेका जिल्ला अध्यक्ष गुरुङ निकटतम प्रतिद्वन्द्वी नेपाली काँग्रेसका तुलसी गिरीलाई पाँच हजार पाँच हजार ७३८ मतले पराजित गरी विजयी भएका हुन् ।

गुरुङले २० हजार २४८ र उनका निकटतम प्रतिद्वन्द्वी काँगे्रसका गिरीले १४ हजार ५ सय १० मत प्राप्त गरेका हुन् । यस प्रदेशमा कूल खसेको मतमा ८०८ मत बदर भएको थियो । 

यसअघि स्याङ्जा १ प्रदेशसभा (क) मा पनि वाम गठबन्धनका दीपक चर्ती मगर विजयी भएका छन् । स्याङ्जामा जारी पछिल्लो मतगणनानुसार प्रतिनिधिसभाका दुवै स्थान बाँकी दुई प्रदेशसभामा वाम गठबन्धनका उम्मेदवारले अग्रता लिएका छन् । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप