शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

१४ औं राष्ट्रिय औद्योगिक प्रदर्शनी पौष १३ गतेबाट

मङ्गलबार, २६ मङ्सिर २०७४, १७ : ०६
मङ्गलबार, २६ मङ्सिर २०७४

काठमाडौं– १४औं राष्ट्रिय औद्योगिक प्रदर्शनी “आत्मनिर्भरताको आधार स्वदेशी बस्तुको प्रयोग” भन्ने मुल नाराका साथ आगामी पौष १३ गते देखि १८ गते सम्म भृकुटीमण्डपमा हुने भएको छ । प्रदर्शनीमा जुत्ता चप्पल उद्योगहरुको करिव १२५ वटा स्टल रहनेछन् । प्रदर्शनीमा जुत्ता तथा चप्पल एवं छालाजन्य बस्तुहरुको एकल प्रदर्शनी हुनेछ । 
मेलामा सामाजीक उत्तरदायीत्व वहन गर्ने उद्धेश्यले प्रत्येक दिन रक्तदान कार्यक्रम तथा प्रत्येक दिन निःशुल्क स्वास्थ्य शिवीरको पनि आयोजना गरिनेछ । प्रदर्शनीमा करिव २ लाख भन्दा बढी उपभोक्ताहरुले प्रत्यक्ष अवलोकन गर्ने अपेक्षा लिएको आयोजक फुटवेयर म्यानुफ्याक्चरर्स एशोसिएशन अफ नेपालले जनाएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप