शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

पार्टीभित्रैबाट अन्तरघात भएको भन्दै कांग्रेस जिल्ला सचिवद्वारा राजीनामा

मङ्गलबार, २६ मङ्सिर २०७४, १९ : २३
मङ्गलबार, २६ मङ्सिर २०७४

तनहुँ– नेपाली काँग्रेस तनहुँका सचिव विश्वनाथ वास्तोलाले मंगलवार राजीनामा दिएका छन् । वास्तोलाको राजीनामसंगै तनहुँ काँग्रेसमा पुन अर्को धक्का लाग्ने संकेत देखापरेको छ । तनहुँ जिल्लामा नेपाली काँग्रेसको हारको प्रमुख कारण अरु नभएर पार्टी भित्रकै कमीकमजोरीका कारण भएको भन्दै वास्तोलाले एक विज्ञप्ती जारी गरी आफुले राजीनामा दिएको जनाएका छन् ।

यहि मंसिर २१ गते सम्पन्न तनहुँ जिल्लाको प्रतिनिधिसभा र प्रदेश सभा सदस्य पदमा नेपाली काँग्रेसका सवै उम्मेद्वारहरु पराजित हुनुका साथै देशभरै काँग्रेस पराजित भएका थिए  । पार्टीले पराजय भोग्नुमा के कस्ता कारण र कसले कति जिम्मेवारी लिनुपर्ने हो समीक्षा हुदै गर्ला र हुनुपर्छ सो विज्ञप्तीमा उल्लेख गरिएको छ ।

जिल्ला कार्य समितिको हैसियतले समग्र जिल्लाको हारको केहि जिम्मेवारी आफुले पनि लिनुपर्ने वास्तोलाद्धारा हस्ताक्षरित विज्ञप्तीमा भनिएको छ । “विशेष गरी तनहुँ क्षेत्र नं १ को प्रदेश सभा २ को निर्वाचन परिचालन समितिको संयोजक भएको हुँदा उक्त क्षेत्रको उम्मेद्वार रघुनाथ पौडेलले पराजयको नैतिक जिम्मेवार आफुले लिनुपर्छ भन्ने महसुस गरी नैतिकताको आधारमा राजीनाम दिने निर्णय गरेको हुँ” सो  विज्ञप्तीमा जनाइएको छ । साथै आफुलाई पार्टीको १३ औ महाधिवेशनमा आफ्नो अमूल्य मत दिएर जिल्ला सचिव पदमा विजयी गराउनेहरुप्रति आभार प्रकट समेत गरिएको छ । 

पार्टीको जिम्मेवारीमा नरहे पनि लोकतन्त्रको संस्थागत विकासका साथै समृद्ध र सभ्य समाज निर्माणका लागि जिम्मेवार नागरिकका हैसियतले सदैव क्रियाशील रहने कुराको प्रतिवद्धता व्यक्त गर्दै आजकै मितिबाट लागु हुने गरी राजनीनामा पेश गरेको विज्ञप्तीमा जनाइएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप