शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

झापामा बदर मत ४.७४ प्रतिशत

बुधबार, २७ मङ्सिर २०७४, १२ : १३
बुधबार, २७ मङ्सिर २०७४

भद्रपुर - मंसिर २१ गते सम्पन्न प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनमा झापामा खसेको कूल मत चार लाख १८ हजार ८१ मतमा ४।७४ प्रतिशत अर्थात् १८ हजार ९१५ मत बदर भएको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ । 

पाँच निर्वाचन क्षेत्र रहेको झापामा कूल पाँच लाख ८५ हजार १६६ मतदाता रहेको थियो । झापामा शान्तिपूर्व सम्पन्न भएको निर्वाचनमा ७१।४५ प्रतिशत मतदान भएको थियो । 

कार्यालयबाट प्राप्त जानकारीअनुसार निर्वाचन क्षेत्र नं १ मा खसेको मत ७३ हजार ३०३ मा बदर मत दुई हजार ६६७, निर्वाचन क्षेत्र नं २ मा खसेको मत ८१ हजार ९५७ मा बदर मत तीन हजार ६९९ मा, निर्वाचन क्षेत्र नं ३ मा खसेको मत ७८ हजार ९३२ मा बदर मत चार हजार ३१२, निर्वाचन क्षेत्र नं ४ मा खसेको मत ७३ हजार ६२९ मा बदर मत तीन हजार ५६३ तथा निर्वाचन क्षेत्र नं ५ मा खसेको मत ९१ हजार ३४५ मा बदर मत चार हजार ६७४ छन् 

यसैगरी, प्रदेशसभाअन्तर्गत निर्वाचन क्षेत्र नं १‘क’ मा खसेको मत ४५ हजार ३४९ मा बदर मत एक हजार ५०९ र ‘ख’ मा खसेको ३० हजार ५४१ मतमा बदर मत ९३३, निर्वाचन क्षेत्र नं २ को ‘क’ मा खसेको ३७ हजार ३२७ मतमा बदर मत एक हजार ३१८ र ‘ख’ मा खसेको ४८ हजार २३५ मतमा बदर मत एक हजार ६०१, निर्वाचन क्षेत्र नं ३ को ‘क’ मा खसेको ४२ हजार २६२ मतमा बदर मत एक हजार ३१२ र ‘ख’ मा खसेको ४० हजार ८५४ मतमा बदर मत एक हजार ५२७ रहेको छ । 

यसैगरी, निर्वाचन क्षेत्र नं ४ को ‘क’ मा खसेको मत ३३ हजार ५० मतमा बदर मत एक हजार १०२ र ‘ख’ मा खसेको मत ४४ हजार १५१ मा बदर मत एक हजार ६६१ तथा निर्वाचन क्षेत्र नं ५ को ‘क’ मा खसेको मत ४७ हजार ३५४ मतमा बदर मत एक हजार ९८९ र ‘ख’ मा खसेको मत ४८ हजार ५०५ मा बदर मत एक हजार ५५२ रहेको जिल्ला निर्वाचन अधिकारी गोपाल आचार्यले बताउनुभयो । 

प्रदेशमा खसेको कूल मतमा ३।६० प्रतिशत बदर भएको र ७१।३७ प्रतिशत मत खसेको अधिकारी आचार्यले जानकारी दिनुभयो । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप