शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

उपराष्ट्रपति पुत्र दिपेशलाई केही दिन अझै अस्पतालमा

बुधबार, २७ मङ्सिर २०७४, १३ : ३३
बुधबार, २७ मङ्सिर २०७४

काठमाडौं– उप राष्ट्रपतिका छोरा तथा अखिल क्रान्तिकारीका उपाध्यक्ष दिपेश पुनलाई अझै केहि दिन अस्पतालमा राखेर उपचार गर्नुपर्ने भएको छ । 

यहि मंसिर २४ गते रोल्पाबाट विजय जुलुस सकेर काठमाडौं आउने क्रममा रोल्पाको सातदोबाटोमा दुर्घटना हुँदा घाइेत भएका उपराष्ट्रपति पुत्र दिपेश पुनको राजधानीको ग्राण्डि अस्पतालमा आइसियुमा उपचार भइरहेको थियो ।

आज अस्पतालको आइसियुबाट बाहिर निकालेर वार्डमा सिफ्ट गरेको उनको पारिवारिक स्रोतले बताए । उनलाई केहि दिन अझै वार्डमा राखेर उपचार गर्नु पर्ने अस्पतालले बताएको पारिवारिक स्रोतले बतायो । 

पुनलाई तीन दिन आइसियुमा राखेर उपचार गरेको थियो । उनको टाउकोमा चोट लागेको छ । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप