बुधबार, १२ वैशाख २०८१
ताजा लोकप्रिय

६ नम्बर प्रदेशको मुख्यमन्त्रीमा ४ जना आकांक्षी, कसले मार्ला बाजी ?

बुधबार, २७ मङ्सिर २०७४, १४ : ४९
बुधबार, २७ मङ्सिर २०७४

काठमाडौं –दैलेख सुर्खेतसहित कर्णालीका सबै जिल्ला मिलेर बनेको हो ६ नम्बर प्रदेश  । 

भौगोलिक रुपमा विकट ६ नम्बर प्रदेशको  मुख्यमन्त्रीमा ४ जना आकांक्षी देखिउका छन् । 

जसमा पहिलो नम्बरमा माओवादी केन्द्रका नेता  महेन्द्रबहादुर शाही दाबेदार रहेका छन् ।  उर्जामन्त्री समेत भइसकेका  शाही कालिकोटको प्रदेश सभा ख बाट १२ हजार १ सय ५३ मत ल्याएर विजयी भएका थिए । 

यस्तै माओवादी केन्द्रका युवा नेता नरेश भण्डारीको पनि आकांक्षी छन् । भण्डारी पहिलो संविधान सभाको निर्वाचनमा जुम्लाबाट विजयी भएका उनी अहिले जुम्लाको प्रदेश सभा क बाट उम्मेदवार बनेका थिए । उनी १२ हजार ५ सय ७४ मत ल्याएर विजयी भएका हुन् । 

उनले आफूले कर्णालीको विकास गर्ने र जितेमा मुख्यमन्त्री हुने भन्दै मतदातासंग भोट मागेका थिए । मतदाताले उनलाई भोट दिएर जिताएका छन् । अब उनी मुख्यमन्त्री हुन्छन् या हुँदैनन् त्यो  अबको केहि सातामा प्रष्ट हुनेनै छ । 

यसो त एमालेका पोलिटव्यूरो सदस्य प्रकाश ज्वालापनि संघको टिकट नपाएपछि प्रदेशको मुख्यमन्त्री हुने सर्तमा प्रदेश सभामा लड्न राजी भएको बताइन्छ । 

उनी  सल्यान प्रदेश सभा ख  बाट १९ हजार ८ सय ३६ मत ल्याएर विजयी भएका हुन् । उनले प्रदेशसभामा मतदातालाई आफू मुख्यमन्त्री हुने र यो प्रदेशको समृद्धिको लागिपर्ने भन्दै मत मागेका थिए । 

यस्तै एमालेका अर्का नेता हुन यमलाल कडेलको पनि मुख्यमन्त्रीको रुपमा चर्चा हुने गरेको छ । कडेलसुर्खेत क्षेत्र नं २ को क बाट २१ हजार २ सय ८२ मत ल्याएर विजयी हुन् ।  उनलले पनि मुख्यमन्त्री हुने भन्दै मतदाताहरुसंग मत मागेका थिए ।

 विकट मानिने यो प्रदेश प्राकृतिक रुपमा भने धनि छ ।  देशको सबैभन्दा  ठूलो कर्णाली नढी यहि प्रदेशमा पर्छ । संसारको दुर्लभ बन्यजन्तु यार्सागुम्बा यहि पाइन्छ । सही नेतृत्व  भएको खण्डमा यो प्रदेशलाई समृद्ध बनाउन समय नलाग्ने कतिपय बताउँछन् ।  
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप