बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

प्रत्यक्षतर्फ प्रदेश र प्रतिनिधि सभाको दबै जोड्दा कसले कति सिट जिते ?

बुधबार, २७ मङ्सिर २०७४, १५ : १२
बुधबार, २७ मङ्सिर २०७४

काठमाडौं– प्रदेश र प्रतिनिधिसभा प्रत्यक्षतर्फ निर्वाचन तर्फ (४९५) सिटमा सवैभन्दा बढि सिट एमालेले जितेको छ । प्रतिनिधिसभातर्फ ८० सिट जितेको एमालेले प्रदेशसभातर्फ १६६ सिट जितेको छ । प्रतिनिधि र प्रदेशको दुवै जोड्दा एमालेको प्रत्यक्षतर्फको जम्मा सिटमध्ये २४६ सिट हुन्छ । 

त्यस्तै प्रत्यक्षतर्फ दोस्रोमा धेरै सिट जित्ने माओवादी केन्द्र बनेको छ । उसले प्रतिनिधिसभामा ३६ र प्रदेश सभामा ७३ सिट जितेको छ । दुवै जोड माओवादीको १०९ सिट हुन्छ । तेस्रोमा रहेको कांग्रेसले प्रतिनिधिसभातर्फ २३ र प्रदेशतर्फ ४१ सिट जितेर जम्मा ६४ सिट जितेको छ । 

त्यस्तै राजापा नेपाल,संघीय समाजबादी फोरम नयाँ शक्ति र स्वतन्त्रले प्रतिनिधिसभातर्फ २६ सिट जितेका छन् । उनिहरुले क्रमशः ११,१० र १ सिट जितेका छन् ।
प्रदेश तर्फ संघीय समाजवादीले २४ जोड्दा जम्मा ३५ सांसद हुन्छन् भने राजपा नेपालका १६ जोड्दा जम्मा २६ सांसद हुन्छन् । 

यसैगरी नेपाल मजदूर किसान पार्टीका १, राष्ट्रिय जनमोर्चाका १ र राष्ट्रिय प्रजातन्त्र पार्टीका १ प्रतिनिधि तथा स्वतन्त्र १ निर्वाचित भएका छन् । प्रदेशसभातर्फ नै स्वतन्त्र ३, नयाँ शक्ति पार्टी नेपालका २, राष्ट्रिय जनमोर्चाका २, नेपाल मजदुर किसान पार्टी १ जना निर्वाचित भएका छन् ।

यो जोड्दा नयाँ शक्तिका ३,जनमोर्चा ३ नेमकिपा २ सांसद प्रत्यक्षतर्फ निर्वाचित भएका छन् । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप