बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

आफन्तदेखि विदेशमा बस्नेसम्मलाई ठगी गर्ने तुलबहादुर पक्राउ

बुधबार, २७ मङ्सिर २०७४, १६ : १०
बुधबार, २७ मङ्सिर २०७४

काठमाडौं–सिन्धुपाल्चोक माङ्खा –७ का ३३ वर्षीय तुल बहादुर तामाङलाई ठगीको आरोपमा प्रहरीले पक्राउ गरेको छ ।  संखुवासभा माकल गाउँपालिका (५ की मनकला गुरुङलाई फेसबुक मार्फत  साथी बनाउँदै बिहेसमेत गरेर उनका आफन्तबाट ठगी गरेको उजुरीको आधारमा प्रहरीले मांखास्थित घरबाटै पक्राउ  गरेको हो । 
ठग्ने उद्देश्यले नै गुरुङलाई  फेसबुकमार्फत सम्पर्क बढाएको र  बिहेपछि  गुरुङको नातेदार राजेश गुरुङ र कैलास गुरुङलाई अमेरिकी आर्मीमा जागिर लगाईदिन्छु भनी प्रलोभन देखाई २१ लाख ठगेको प्रहरीको भनाई छ । 
उनले लेवनानमा रोजगारीमा रहेकी सिन्धुपाल्चोक घर भएकी श्रृजना दोङ्गसँग अमेरीका लैजाने भनी  ९ लाख,  दोङ्गलाई नै क्यानडा जाने मानिस खोज्न लगाई भाई संजय दोङ्ग र मिम लामाबाट समेत  १३ लाख  तथा साईप्रसमा रोजगारीमा रहेकी कुसुम लामाबाट समेत क्यानडा लग्ने भन्दै ९ लाख  ठगेको प्रहरी अनुसन्धानबाट खुल्न आएको छ । 
महानगरीय अपराध महाशाखाले उनलाई  मुलुकी ऐन ठगी महल बमोजिम अनुसन्धान एवं कारवाहीको लागि महानगरीय प्रहरी परिसर काठमाण्डौमा पठाएको  जनाएको छ । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप