शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

५ नम्बर प्रदेशको मुख्यमन्त्रीमा पोखरेल एक्लो दाबेदार

बुधबार, २७ मङ्सिर २०७४, १६ : २३
बुधबार, २७ मङ्सिर २०७४

काठमाडौं–प्रदेश नम्बर ५ पूर्वमा नवलपुरदेखि पश्चिमा दाङसम्म पहाडमा पाल्पा अर्घाखाची र गुल्मीको भूगोल पर्छ । यो भूगोलको बारेमा पहिला नै धेरै विवाद पनि भएको थियो । तर अहिले यो भूगोल यथावत रहेको छ । यहिलाई आधारमानेर निर्वाचन भएको छ । 
यो प्रदेशबाट धेरै जना मुख्यमन्त्रीका दाबेरदार नभएपनि हेभीवेट नेता मुख्यमन्त्री पाउनेमा यो प्रदेश पनि पर्छ । माओवादी र एमालेको वामगठबन्धनबाट मुख्यमन्त्रीका एक्ला दाबेदार हुन एमालेका स्थायी समिति सदस्य  शंकर पोखरेल । उनी दाङ क्षेत्र नं २  को प्रदेश सभा क बाट २०  हजार ७ सय २३ मत ल्याएर विजयी भएका हुन् । 
उनको पहिलो चाहना  त संघीय सभामा लड्ने थियो । तर जव वामगठबन्धन बन्यो  उनले दाङ २ नं क्षेत्र छोड्नु प¥यो । माओवादी केन्द्रका नेता कृष्णबहादुर महरा त्यो क्षेत्रबाट  संघको लागि चुनाव लड्ने भएपछि उनको भागमा मुख्यमन्त्री सहितको प्रदेश सभा प¥यो । 
उनले आफूनै ५ नं प्रदेशको मुख्यमन्त्री हुने भन्दै मतदाताहरुसंग भोट मागेका छन् । 
उनले मतदाताहरुसँग प्रदेशको राजधानी दाङ बनाउने बचन पनि दिएका छन् । ५ नम्बर प्रदेशमा वाम गठबन्धनले २४ सिट जितेको छ । जसमा एमालेको २७ र माओवादी केन्द्रको १५ सिट छ । 
उनी अब ५ नं प्रदेशमा मुख्यमन्त्रीका एक्ला दाबेदार हुन् । जनतामाझ स्थायी सरकार र  समृद्धिको नारा लगाएका छन् ।  जनु नारा अहिले वामगठबन्धनको प्रमुख नारा हो । पूर्व पश्चिम  रेल लगायतका विकासका योजनाहरुपनि क जनतामाझ सुनाएका छन् । अहिले पनि राजधानी कहाँ हुने भन्नेमा यो प्रदेशमा अन्यौल नै छ । 
हुन त यहाँ माओवादी केन्द्रले पनि १५ सिट जितेको छ । तर शंकर पोख्रेलेको अगाडि माओवादीका नेताहरु मुख्यमन्त्रीको दाबी नगर्ने बताइन्छ  । उनी एमालेको स्कुलिङ विभाग प्रमुख  समेत हुन् । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप